भीमदत्त नगरपालिकाबाट पिडित वादी समुदायको पेटिकोट माथि उचालेर मुल गेटमा धर्ना

धन सिंह धामी
कञ्चनपुर १४ बैशाख ।
कञ्चनपुरको भीमदत्त नगरपालिकार– ४ महेन्द्रनगर नगर विकास समितिको जमिन मा बस्दै आएका वादी(दलित) समुदाय नगरपालिकाको मुल गेटमा धर्नामा बसेका छन । नगर विकास समितिको जमिनमा लामो समयदेखि कच्ची घर टहरा बनाएर बस्दै आएका वादी समुदाय घरमा नगरको डोजर लगाई हटाएपछि तीन सातादेखि भीमदत्त नगरपालिकाको मुल गेटमा धर्नामा बसेका हुन । लामो समयदेखि आन्दोलन गर्दा समेत स्थानीय सरकारले कुनै सुनुवाई नगरेको भन्दै उनीहरुले आईतबार मुल गेटमा अर्ध (नग्न) पेटिकोट माथि उचालेर आन्दोलन गरेका छन । न्यायिक बसोबास व्यवस्थापनको माग अघि सारेर तीन सातादेखि वादी समुदाय निरन्तर धर्नामा बसेकोे बताएका छन ।
२१ चैत्रमा भीमदत्त नगरपालिकाले नगर विकास समितिको जमिन बसेका वादी समुदायको घरटहटा भत्काईदिएको थियो । बस्ने बासस्थान भत्काई दिएपछि आफुहरु बाध्य भएर नालाबाला सहित धर्नामा बसेको उनीहरुको भनाई छ । उनीहरुले नगरविकास पीडित वादी संघर्ष समिति मार्फत दैनिक धर्ना दिईरहेका छन ।
नगरविकास पीडित वादी संघर्ष समितिका संयोजक बसन्ती वादीले कहिकतै बसोबास नभएपछि नगर विकासकै सरकारी जमिनमा बसेको तर आफुहरुको स्थानीय सरकारले यो प्रचण्ड गर्मीमा विचल्ली बनाईदिएको बताईन । ‘स्थानीय सरकारले बस्ने घर भत्काईदियो, हाम्रो बस्ने ठाँउ कहिकतै छैन, ‘उनले भनिन, ‘‘हामीले समाजिक पारिवारिक एव परम्परागत पेशा त्यागिसके, हाम्रो पृष्टीभूमि परिवेसलाई पनि बुझेर अस्थायी बसोबासको व्यवस्था मिलाई दिनु पर्छ ।’ अर्को स्थायी बसोबासको व्यवस्था नहुँदासम्म बसेकै स्थानमा बसोबासको माग अघि सारिन । ‘हामी निहत्था गरिब निमुखा दलित समुदायले दैनिक धर्ना दिएका छौँ, तर पनि हाम्रो पीडा कसैले बुझिदिएको छैन, ‘उनले भने, ‘हामीले लालपुर्जा सहित आजिवन जमिन देउ भनेका होईनौँ, अर्को व्यवस्था नहुँदासम्म बजार क्षेत्रमा मजदुरी गर्न बसोबास गर्न मात्रै मागेका हौँ, तर पनि हाम्रो पीडा रोदन सुनिदिने कोई
छैन ।’ उनले नगरपालिककाले ज्यादती गरेपनि कुनैपनि अधिकारकर्मी, पत्रकारले आफ्नो पीडाबारे अनुगमन समेत नगरिदिएको गुनासो पोखेका छन ।
दलित समुदायको नाममा डलर पचाउनेदेखि राजनीतिक गर्नेहरुले नबुझिदिएपछि अरु कसले बुझिदिने भन्दै उनीहरु आसै आसमा धर्नामा बसेको बताएका छन । अस्थायी बसोबासको व्यवस्था नहुँदासम्म उनीहरुले आन्दोलन जारी राख्ने चेतावनी दिएका छन ।
दलित अधिकारकर्मी शिवी रानाले संविधानमै भएको नागरिकको बसोबास व्यवस्थालाई समेत राज्यले ध्यान दिन नसेकको बताए । ‘उहाँहरु लामो समयदेखि नगर विकास समितिको जमिनमा बसेकै हुन, तर हामीले उनीहरुलाई त्यहाँको त्यही लालपुर्जा दिएर स्थायी बसोबास भनेका छैनौँ, ‘उनले भने, ‘कम्तिमा यस्तो गर्मी केही दिनपछि बर्षातको समयमा ज्यान सुरक्षाका लागि उचित स्थानमा अस्थायी प्रकृतिका लागि देउ मात्रै भएका हौँ ।’
भीमदत्त नगरका प्रवक्ता पदमराज अवस्थीले नगर विकास समितिको अतिक्रमित जमिन खाली गराउने अभियान अन्र्तरगत उनीहरुलाई पुर्व सुचना जारी गर्दा समेत नहटेपछि हटाएको बताए । ‘उनीहरु वास्तविक सुकुमबासी भए भूमि सम्बन्धी समस्या समाधान आयोग मार्फत समस्या समाधान गर्न वातावरण मिलाउँछौँ, ‘प्रवक्ता अवस्थीले भने, ‘मेयर सापले पनि वास्ताविक सकुमुबासीहरुको उचित बसोबास गर्ने भन्नुभएको छ ।’

ताजा खबर

मर्निङ्ग ग्लोरी कस्मिट ब्रेन हाजिरीजवाफ प्रतियोगिता ः महेन्द्रनगर नमुना मावि९साधारण स्कुल० प्रथम

धनसिह धामी कञ्चनपुर ६ माघ । कञ्चनपुरको एक निजी विद्यालयले हाजिरीजवाफ...

रमेश लेखक पक्षधर नेता कार्यकर्ताद्वारा दोधारामा गगन र विश्वप्रकासको पुत्ला दहन

कञ्चनपुर, ६ माघ । कञ्चनपुर निर्वाचन क्षेत्र ३मा रमेश लेखकलाई...

नेकपाबाट कञ्चनपुर १ र ३ मा बीना मगर र मान सुनार चुनावी मैदानमा

कञ्चनपुर, ६ माघ नेपाली कम्युनिष्ट पाटी९नेकपा०बाट पुर्वमन्त्रीद्वय बीना मगर र...

रत्न कृषि सहकारीको दाेस्राे खुल्ला भलिबल प्रतियोगिता सम्पन्न

दिल्लीराज पन्त  कञ्चनपुर ०५ माघ ।  कञ्चनपुरकाे भिमदत्त- १६ मा सहकारी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?