१९ औँ लोकतन्त्र दिवशको अवसरमा नागरिक संवाद कार्यक्रम

कञ्चनपुर ११ बैशाख ।
कञ्चनपुरमा १९ औँ लोकतन्त्र दिवशको अवसरमा नागरिक संवाद कार्यक्रम सम्पन्न गरिएको छ । गैर सरकारी संस्था महासंघ कञ्चनपुरका उपाध्यक्ष अमिर तिरुवाको सभाध्यक्षता रहेको कार्यक्रममा जिल्ला समन्वय मिति प्रमुख दुर्गा दत्त बोहराको प्रमुख आतिथ्यता रहेको थियो । लोकतन्त्रको विकल्प लोकतन्त्र भन्ने मुल नारा र लोकतन्त्रको संस्थागत विकासका लागि सामाजिक न्याय सुशासन र समृद्धी आजको आवस्यक्ताकोे साथमा आयोजना भएको कार्यक्रममा जिल्लामा रहेको विभिन्न गैरसरकारी संघसंस्था, समाजसेवी, वुद्धिजिवी पत्रकारहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा गैसस महासंघका केन्द्रिय उपमहासचिव, नागरिक समाज कञ्चनपुरका अध्यक्ष भवराज रेग्मीले विभिन्न विषयमा कार्यपत्र प्रस्तुतीकरण गर्नु भएको थियो । उहाँले जसरी लोकतन्त्रको संस्थागत विकास हुनु पथ्र्यो त्यो विकास हुन नसकेको अवस्था रहेको बताउनु भयो । यसलाई उजागर गर्न दलका प्रतिनिधी, सरकारलाई सुनाउने, आफनो नागरिको मागहरु राखेर यो लोकतन्त्रलाई बचार्य राख्ने अवस्थाको सिर्जना हुनुपर्ने बताउनु भयो । संघसंस्थाहरुले गर्नु पर्ने आफनोे उदेश्य विपरीतको गतिविधिले गर्दा सिंगो गैर सरकारी महाकासंघ नै समस्यामा पर्ने, संघसंस्थालाई हेर्ने दृष्टिकोण पनि फरक रहेको बताउनु भयो । स्थापना समय देखि मनाउदै आएको लोकतन्त्र दिवस आज १९ औं दिवस सम्म आईपुग्दा पनि जुन रोजगारी, व्यापार व्यवसाय, पूर्वाधार विकास आदिको जन अपेक्षा अनुरुप काम नहुनुले पनि लोकतन्त्रको मान्यता नै धरापमा पर्न लागेको रेग्मीको भनाई रहेको थियो । मुलुकमा लोकतन्त्र स्थापना संगै यसको उद्देश्य अनुरुप सरकार चल्न नसकेको र जनताले पाउनु पर्ने सेवा सुविधाबाट अझैसम्म पनि बञ्चित रहनु परेको छ भने कुरामा जोड्दिदै सरकारले यस बिषयमा गम्भीर भएर लाग्नु पर्ने बताउदै लोकतन्त्रको विकल्प नै लोकतन्त्र भएको मुलनारालाई सबैले आत्मसाथ गर्दै यसको नियमन निकायलाई जनताले नै झकझकाउनु पर्ने समय आएको रेग्मीले बताउनु भयो । यसैगरी नागरिक समाजका सल्लाहकार बल बहादुर डगौराले उक्त प्रतिवेदनमा टिप्पणि उठाउदै लोकतन्त्र आएपछि अवसर र चुनौती संगसगै आएको कुरालाई ब्याख्या गर्ने क्रममा पछिल्लो समयमा साक्षरता बढेपनि समय अनुकुल सिपमुलक दक्षाता उत्पादनमा सरकार पक्ष चुकेको जिकिर गर्नु भयो । देशमा रोजगारी नपाएपछि दक्ष जनशक्ति बिदेश पलायन हुन बाध्य भएको भन्दै मुलुकमा लोकतन्त्र आएपनि यसको आभास हुन नसकेको उहाँको भनाई थियो । उक्त कार्यक्रमको “प्रजातन्त्रको विकल्प नै प्रजातन्त्र’’ भन्ने मुल नाराको खण्डन गर्दै पञ्चतत्व बाहेक सबैको विकल्प रहेको भन्ने नागरिक समाजका सल्लाहकार डगौराको धारणा रहेको थियो । यस्तै सहायक प्रमुख जिल्ला अधिकारीले मुलुकमा लोकतन्त्र आएपनि यसलाई कार्यन्वय गर्ने निकायको लाप्रवाहिले गर्दा जनताले यसको अनुभुति गर्न नपाएको बताएका छन, भने निति नियम संगत संघ संगठन तथा सरोकारवाला पक्षहरुले महत्वपुर्ण भुमिकामा रहन नसक्नाले पनि लोकतन्त्र अपवादमा परेको टिप्पणी रहेको थियो । कार्यक्रमका सभाध्यक्ष तिरुवाले यो सरकारले मनाउनु पर्ने दिवश आज हामीहरुले मनाई रहेको अवस्थामा पछिल्लो समय लोकतन्त्रमा धावा बोल्नेहरुको जमात बढी रहेको बताउनु भयो । लोकतन्त्रलाई सवलीकरण गरी बलियो बनाएर लेजान र आम नागरिकले राम्रो शासन अगाढी बढाउने उदेश्य अनुरुप कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । यसैगरी, जिल्ला समन्वय प्रमुख बोहराले जनताको अपेक्षा अनुरुप के केती काम गर्न सकियो रु गर्न नसकेका कामहरुलाई ईमान्दारिता भएर लाग्नु पर्ने बताउनु भयो । साथै पछिल्लो समय वितृष्णा बढेको भन्ने जुन दुस्प्रचार गरीएको छ त्यसलाई चिर्न सबैले आआफना क्षेत्रबाट लाग्नु पर्ने र लोकतन्त्रलार्य संस्थागत विकास गर्नका लागी सबेको एक्यवद्धताको आवस्यक्ता रहेको बताउनु भयो ।

नेकपा एमालेका कञ्चनपुर जिल्ला सहसचिव अशोक चन्दले सरकार र बिपक्षि पार्टी लगायत सहि मार्गमा नरहेको कारणले पनि जनतालाई लोकतन्त्रको अनुभुति दिलाउन नसकेको बताउदै यसको गरिमा खस्कदै गएको र आगामी दिनमा आफ्नो पार्टीको तर्फबाट लोकतन्त्रको मर्म अनुरुप नै काम गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी कञ्चनपुर जिल्ला सचिवले नेपालमा लोकतन्त्र आईसकेपछि पनि यसलाई सहि मार्गदिशा तर्फ लैजान नसक्नाले जनतामा निराखा छाएको उदृत गर्दै यसको मुख्य दोषि तीन ठुला दल नै रहेको बताउदै उनीहरुको कार्यशैलि प्रति खिन्नता हुदै आएको नयाँ पार्टी रास्वपाले नै अव लोकतन्त्रको मुल्यमान्यता अनुरुप नै काम गर्ने र जनताको सार्वभौमअधिकार निहित जनतामा नै हुने गरेर काम गर्ने प्रतिवद्धता जनाए ।माओवादी– देशमा लोकतन्त्र आएपनि यसको सहि कार्यन्वयन हुन नसक्नु संविधानको अपरिपक्ता रहेको बताउदै संविधान नै संशोधन गरेर लैजानु पर्ने र नागरिकसमाजले पनि कुनैपनि दल निकट नभएर निश्पक्ष भुमिकामा रहुन पर्ने धारणा राख्दै आफ्नो पार्टीले पनि यस बिषयमा सहज भुमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका थिए ।
नेपाली काँग्रेस सदैब लोकतन्त्रको पक्षमा रहेको बताउदै यसलाई सार्थकता दिलाउन जुनसुकै पार्टी वा आफ्नै पार्टी भित्रका व्यक्तिहरु संग पनि संघर्ष गर्नु परेपनि पछि नहट्ने जिकिर गर्दै यसको रक्षार्थ आफ्नो पार्टी जो संग पनि सदैव सहकार्य गर्न तत्पर रहने नेपाली कांगे्रसका नर बहादुर साउँदको भनाई रहेको थियो ।

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?