लागु औषध सहित एक जना पक्राउ

कञ्चनपुर । लागु औषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगरले लागु औषध सहित एक जना युवालाई पक्राउ गरेको छ ।

लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर बाट खटिएर गएको टोलीले बुधवार विषेस सुचनाका आधारमा शंकास्पद रूपमा भारत बाट नेपाल तर्फ पैदल हिडि आईरहेको अवस्थामा भीमदत्त नगरपालिका वडा नम्वर ११ बाट वेदकोट नगरपालिका वडा नम्वर ६ का वर्ष २४ का अभिषेक धामीलाई पक्राउ गरेको हो । निज धामीलाई रितपुर्वक चेकजाँच गर्ने क्रममा निजले मुखमा राखेको लागुऔषध निले पछी महाकाली प्रादेशिक अस्पतालका चिकित्सकहरुको रहोवरमा दिशा गराउदा विहिवार विहान चुइँगमले कालो प्लाष्टिकमा बेरि तिन पोका वनाएको २.२५ ग्राम लागुऔषध खैरो हिरोईन वरामद गरेको हो ।

लागु औषध नियन्त्रण ब्यूरोको सकृयता संगै लागु औषध प्रयोगकर्ताले नया नया विधिहरु अपनाएर लागुऔषधको कारोवार गर्दै आएका छन भने खुला सिमाना बढ्दो वेरोजगारी तथा आर्थीक अभावका कारण कञ्चनपुरमा दिनानुदिन लागुऔषध कारोवार बढ्दै गएको छ ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?