बेलडाँडीका किसान राना जलिएको अवस्थामा मृत फेला, हत्याको आशंका

कञ्चनपुर, ९ बैशाख ।
कञ्चनपुरको बेलडाँडीका एक किसानको शंकास्पद मृत फेला परेका छन । बेलडाँडी गाँउपालिका ३ खैरिघाट कमरीका किसान हरिकिसन राना मंगलबार बिहान मृत फेला परेका हुन ।
राना बेलौरी नगरपालिका १० शिवनगर मसानघाट नजिकै जलेको अवस्थामा मृत फेला परेको जनाएको छ । बेलडाँडी गाँउपालिका ३ का वडायक्ष दुर्गा चौधरीले बिहान घरमा गाईभैसीलाई आहारा हालेर मोटरसाईकल चढेर कलकत्ता बजार निस्किएका रानाको शंकास्पद मृत्यु भएको बताए ।


‘सडक छेउमै मोटरसाईकल जलेर पूर्ण नष्ट भएको छ, शव पनि जलेको छ, नजिकै मोवाईल र पैशा पनि फेला परेका छन, ‘उनले भने, ‘बिहान मर्निङ्गवाक गर्नेहरुले मोटरसाईकल जलिरहेको देखे तर मानिस देखेनन, पछि मात्रै मानिस पनि जलेको अवस्थामा मृत भेटिए ।’ घटना निकै शंस्कापद रहेको वडाध्यक्ष चौधरीले बताए । घर परिवारले भने, हत्या भएकाले हत्यारा पत्ता नलागुन्जेलसम्म घटनास्थलबाट शव नउठाउने चेतावनी दिएका छन । बिहान घरमा बस्तुभाउलाई चारा लिएर हिडेका रानाको क्षणभरमै मृत्यु भएपछि घर परिवार विछिप्त भएका छन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले रानाको मृत्यु शंस्कापद भएकाले बताए । एसपी जोशीले घटनाको अनुसन्धान शुरु भएको बताए । एसपी जोशी आफै घटना स्थल पुगेर घटनाको निष्पक्ष छानबिन गर्ने पीडित परिवारलाई आश्वासन दिएका छन । एकाबिहानै किसान जलेर मृत फेला परेपछि गाँउमा त्रास समेत फैलिएको छ । मृतकका आफन्त, गाँउले तथा स्थानीयले घटनाको निष्पक्ष छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन ।

ताजा खबर

पहिलो पटक सिद्धनाथ मन्दिरमा महाआरती हुने

कञ्चनपुरकोे महेन्द्रनगर सिद्धनाथ मन्दिर(सिद्धबाबा)मा पहिलो पटक महाआरती संचालन हुने...

मेयर ओझाद्वारा महेन्द्रनगर नमुना मावि साधारण स्कुलको अनुगमन

कञ्चनपुर, असार २२ कञ्चनपुरको एक स्थानीय सरकारका प्रमुख देखिका जनप्रतिनिधीले...

महाकाली गाईडबण्ड सन्तोषजनक ः गृहमन्त्री लेखक

उपेश सिंह धामी कञ्चनपुर २२ असार । कञ्चनपुर स्थित महाकाली गाईडबण्ड,दोधाराचाँदनी...

कञ्चनपुरको होलीफेम्ली स्कुललाई उत्कृष्ट शैक्षिक संस्था सम्मान

शुनिल राना कञ्चनपुर २२ असार । सुदूरपश्चिम प्रदेश कञ्चनपुरकोे एक...

श्रद्धेय दिप दाईको प्रेरणादायी दुई शब्द “भाई अब राजनीतिमा आउनु पर्छ’’

धन सिंह धामी कञ्चनपुर २२ असार । मन्द मुस्कानको साथमा के...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?