स्थानीय सेवा ऐन जारी नभएपछि राष्ट्रिय स्तरका कर्मचारी संघ संगठनद्वारा मुख्यमन्त्री ज्ञापन

कञ्चनपुर, २८ चैत ।
सुदूरपश्चिम प्रदेश सभाबाट स्थानीय सेवा ऐन जारी गर्न माग अघि सार्दै राष्ट्रिय स्तरका प्रदेशमा कार्यरत विभिन्न कर्मचारी संघ संगठनहरुले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन ।
बिहीबार सात निजामती कर्मचारीका सघ संगठनहरुले स्थानीय सेवा ऐन जारी गर्न माग मुख्यमन्त्री कमल बहादुर शाहलाई ज्ञापन पत्र बुझाएका हुन ।
नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेशका अध्यक्ष महादेव जोशीले निजामती कर्मचारी संगठन सहित सात संघ संगठनहरुले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको बताए ।
प्रदेश अध्यक्ष जोशीले स्थानीय तहमा कार्यरत सम्पूर्ण प्रकारका कर्मचारीहरुको अपनत्व हुने गरि ऐन तत्काल जारी गर्नुपर्ने अन्यथा नेपाल निजामती कर्मचारी संगठनले अन्य संगठन र युनियनलाई साथमा लिएर आन्दोलन गर्ने र सो बाट उत्पन्न परिस्थितिको सम्पुर्ण जिम्मेवारी प्रदेश सरकारले लिनुपर्ने चेतावनी दिए । सुप प्रदेश बाहेक अन्य प्रदेशमा स्थानीय सेवा ऐन र नियमावली जारी भएको अवस्थामा सुप प्रदेशमा ढिलाई भईरहेको भन्दै ऐन पारित गराउनका लागि कर्मचारी संघ संगठन सडकदेखि आन्दोलनमा आउन बाध्य भएको मुख्यमन्त्री शाहको ध्यानार्कण गराएका छन ।
निजामती कर्मचारीहरुको आधिकारिक टे«ड यूनियन कैलालीका अध्यक्ष विमल प्रकास जोशी, एकीकृत सरकारी कर्मचारी संगठन केन्द्रीय उपाध्यक्ष जयदेव जोशी, नेपाल निजामती कर्मचारी संगठन सुप प्रदेशका अध्यक्ष महादेव जोशी, नेपाल निजामती कर्मचारी यूनियन प्रदेश अध्यक्ष धर्म बहादुर देउवा,एकीकृत सरकारी कर्मचारी संगठन प्रदेश अध्यक्ष जनकराज जोशी,नेपाल निजामती कर्मचारी यूनियन कैलाली अध्यक्ष खेमराज जोशी,नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुर अध्यक्ष मान बहादुर चन्दद्वारा हस्ताक्षरित संयुक्त ज्ञापन पत्रमा प्रदेश सभामा दर्ता भएको विधेयक यथाशिघ्र कार्यान्वयन गरेर स्थानीय तहका कर्मचारीको बृद्धि विकासमा जोडदिएका छन । ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री कमल बहादुर शाहीले ऐन पारित विषयमा अघि बढ्ने बचन दिएका छन ।

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?