आगलागी नियन्त्रण गर्न बच्छेला सामुदायिक वनका अग्नी रेखा निर्माण

कञ्चनपुर, २८ चैत्र ।
कञ्चनपुरको एक सामुदायिक वनले आगलागी नियन्त्रणका लागि अग्नी रेखा निर्माण गरेको छ । बेदकोट नगरपालिका ५धरमपुरको बच्छेला सामुदायिक वनमा अग्नी रेखा निर्माण गरिएको हो । चुरे क्षेत्रसंगै जोडिएको उक्त सामुदायिक वनले चालु आर्थिक बर्ष ०८१÷०८२मा सामुदायिक वनका विभिन्न क्षेत्रमा अग्नी रेखा निर्माण गरेको जनाएको छ ।
बच्छेला सामुदायिक वनका अध्यक्ष विष्णू नेपालीले सामुदायिक वनमा आगो नियन्त्रण गर्दै पर्यावरण सरक्षण गर्ने उदेश्यका साथ अग्नी रेखा निर्माण गरिएको बताए । ‘यो सुुख्खायाममा विभिन्न कारणले सामुदायिक वनमा लाग्ने आगो नियन्त्रण गर्न हामीले विभिन्न प्लट प्लटमा अग्नी रेखा निर्माण गरेका छौँ, ‘उनले भने, ‘कदमकदाचित एक प्लटमा लागेको आगो अर्को प्लटमा जानबाट रोक्न हामीले अग्नी रेखा निर्माण गरेका छौँ ।’ अध्यक्ष नेपालीका अनुसार झण्डै २०किलोमिटर अग्नी रेखा निर्माण गरिएको छ । अग्नी रेखा निर्माणमा स्वयम अध्यक्ष नेपाली सहितका पदाधिकारी सदस्य लगायतका उपभोक्ताहरु खटिएका छन । अनियन्त्रित आगलागीबाट एकतिर वन, पर्यावरण, बन्यजन्तुमाथि असर अर्कातिर मानव बस्तीदेखि जोखिम हुने हुँदा समयमै अग्नी रेखा निर्माण गरिएको छ । उक्त सामुदायिक वनले उपभोक्ताको हकहितलाई मध्य नजर गर्दै पर्यावरण सरक्षणका विवित कार्य गर्दै आएको छ ।

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?