पत्रकार माधव सिह धामीलाई सम्मान पुरस्कार

शंकरदत्त अवस्थी,
महेन्द्रनगर २२ चैत ।
कञ्चनपुरको महेन्द्रनगरबाट प्रकाशित हुने आभाषकुञ्ज दैनिकले विवित कार्यक्रम गर्दै नवौं वार्षिकोत्सवका मनाएको छ । बिहिबार आभाषकुञ्ज दैनिकले महाकाली अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण र अग्रज पत्रकारलाई सम्मान गर्दै नवौं वार्षिकोत्सव कार्यक्रम मनाएको हो ।
मोफसलमा जनतालाई सूसुचित गर्ने ध्येयले ०७३ चैत्र २१ बाट सञ्चालनमा आएको आभाषकुञ्ज दैनिकले बिहिबार आठ वर्ष पुरा गर्दै नवौंमा प्रवेश गरेको अवसरमा सामाजिक उपकारको कार्य गर्न खोजेको उक्त दैनिकका प्रकाशक मनोज भट्टले बताए । सञ्चारकर्ममा आभाषकुञ्जले विभिन्न आरोह–अवरोह पार गर्दै आजको दिनसम्म पेशाप्रति प्रतिबद्ध भएर पाठकमाँझ विश्वस्त हुँदै आएको प्रकाशक भट्टले बताए ।
नवौं वार्षिकोत्सवका अवसरमा उक्त दैनिकले अग्रज पत्रकार माधव सिंह धामीलाई नगद सहित सम्मानित गरेको छ । तीन दशकदेखि पत्रकारिता पेशामा सक्रिय रहेका पत्रकार धामीलाई आभाषकुञ्ज दैनिकले पाँचहजार पाँच सय ५५ रुपैँया सहित सम्मान पत्रद्वारा सम्मान गरेको हो ।
महाकाली अस्पतालमा उपचारत रहेका बिरामीहरुलाई फलफुल समेत वितरण गरिएको उक्त दैनिकका सञ्चालक भट्टले बताए । जिल्लाका सञ्चारकर्मीहरुको उपस्थितीमा आभाषकुञ्ज दैनिकले नवौं वार्षिकोत्सव समारोह कार्यक्रम आयोजना गर्दै अग्रज पत्रकार धामीलाई सम्मान गरेको हो ।
उक्त वार्षिकोत्सव समारोह कार्यक्रमको प्रमुख अतिथीमा नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सभापति एवं भीमदत्र् नगरपालिकाका नगर प्रमुख पदम बोगटी रहेका थिए । प्रमुख अतिथी बोगटीले उक्त दैनिकलाई शुभकामना दिँदै उज्वल भविस्यको कामना गरेका छन् ।
‘पत्रिकाको उज्वल भविस्यको कामना गर्दछु, पत्रकारिता पेशालाई थप मजबुद र प्रभावकारी बनाउन हामी सबैले भूमिका खेल्नु पर्छ ।’ नगर प्रमुख बोगटीले भने,–‘आभाषकुञ्ज दैनिक जिल्लामा व्याप्त भष्टाचार, अन्याय, अत्याचार र ढिलासुस्तीका विरुद्ध लगातार कलम चलाउँदै आएको छ, यो अभियान पत्रिकाले निरन्तर राख्ने छ भन्ने मैले पुर्ण आशा लिएको छु ।’ सम्मानित भएका प्रेस यूनियन कञ्चनपुरका संस्थापक एव पत्रकार महासंघ निर्वतमान अध्यक्ष माधव सिह धामीले पत्रिकाले आफ्नो पत्रकारिता योगदानको मुल्याङकन गरेको भन्दै आभार प्रकट गरेका छन । कार्यक्रममा नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामी, पत्रकार महासंघ जिल्ला सचिव कुण्दन पाण्डे, प्रेस यूनियन सुप प्रदेश महासचिव हरिश भट्ट, प्रेस सेन्टरका केन्द्रीय राजेन्द्र प्रशाद अवस्थी, प्रेस चौतारीका अध्यक्ष मदनराज गिरी सहितका पत्रकारले बधाई तथा शुभकाममना दिएका छन ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?