चुरे क्षेत्रका वन पदाधिकारीद्वारा महाकाली सामुदायिक वनमा अनुगमन

महेन्द्रनगर १८ चैत ।
कञ्चनपुरको चुरे क्षेत्रका वन पदाधिकारीहरुले वन व्यवस्थापन भएको महाकाली सामुदायिक वनमा अनुगमन गरेका छन । सोमबार चुरे क्षेत्रका वन पदाधिकारीहरुले वन व्यवस्थापन भएको कृष्णपुर नगरपालिका –०६ बन्जरियाको श्री महाकाली सामुदायिक वनमा अनुगमन गरेका हुन ।
चुरे सरक्षण सञ्जाल नेपालले आयोजना गरेको दीगो वन व्यवस्थापन तालिम अन्र्तरगत सहभागिहरुलाई उदाहरणीय वन व्यवस्थापन गरेको महाकाली सामुदायिक वनमा स्थलगत अनुगमन गराएको हो । चुरे संरक्षण सञ्जाल नेपालका अध्यक्ष रविन्द्र कुँवरले वैज्ञानिक वन व्यवस्थापन लागु भएको उक्त महाकाली सामुदायिक वनको संरक्षणदेखि दीगो वन विकास कार्यक्रम बारे जानकारी गराउने उदेश्यका साथ चुरे क्षेत्रका उपभोक्ताहरुलाई स्थलगत अनुगमन गराएको बताए ।
महाकाली सामुदायिक वनका अध्यक्ष बिर बहादुर राजवंशीले वैज्ञानिक वन व्यवस्थापन सुरुवात र खारेजी भएपछि सामुदायिक वनका कामकाजमा प्रभाव ल्याएको बताए । उनले वन व्यवस्थापन भएको स्थानमा पुर्नरुत्पादन भएको बताए । सामुदायिक वनमा दोहोरो ऐन नियमले संरक्षणमा चुनौती थपिदिएको बताए । अनुगमन गरेपछि चुरे क्षेत्रका सामुदायिक वनका पदाधिकारीहरुले महाकाली सामुदायिक वनमा दीगो वन व्यवस्थापनका कार्यक्रम प्रभावकारी भएको बताएका छन ।

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?