शुक्लाफाँटा नगरपालिका–११ राप्रपा वडा कमिटिको अध्यक्षमा ऐर

धन सिंह धामी
महेन्द्रनगर १४ चैत ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा कमिटि पुर्नगठन सम्पन्न गरेको छ ।
बिहीबार शुक्लाफाँटा नगरपालिका –११ मा धन बहादुर बमको अध्यक्षतामा नव निर्वाचित अध्यक्ष राजेन्द्र ऐरको साथमा ४१ जनाको कमिटी गठन गरीएको हो ।

आयोजित कार्यक्रम बमको अध्यक्षतामा प्रमुख अतिथि राप्रपा सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशी रहनु भएको थियो भने सुप प्रदेश सदस्य जित बहादुर भण्डारी,महिला संगठन केन्द्रिय सदस्य एंव जिल्ला निर्वाचन सदस्य लक्ष्मी चन्द सिंह, क्षेत्र नं. २ क्षेत्रीय अध्यक्ष बम बहादुर बम, नगर अध्यक्ष र अतिथिमा हिक्मत सिंह रतुकी, कल्लु राना ललित हमाल बिर सिंह साउँद, युवक संगठनका केन्द्रिय सदस्य तपेन्द्र बिष्ट, कृष्णपुर नगरपालिका राप्रपा नगर उपाध्यक्ष जानकी चन्द, महिला संगठन क्षेत्र नं.०२ क्षेत्रीय अध्यक्ष पशुपति धामी लगायत वडा,नगर कमिटि सदस्य तथा पार्टी शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।

उक्त वडा अधिबेशनबाट उपाध्यक्षमा बहादुर पार्की,सुक्ता राना,रेनु आउजी,सचिवमा बिष्णु दत्त भट्ट सह–सचिव धर्म थापा कोषाध्यक्ष कलावती बिष्ट,सदस्यहरुमा मनिदत्त भट्ट,घनश्याम भट्ट,रमेश दत्त पाण्डेय,बहादुर सार्की,टेक बहादुर बिष्ट,कृष्ण बहादुर कुँवर,जय बहादुर बिष्ट,प्रमोद शाहा,जय बहादुर बोहरा,सरोज बिष्ट,हरिश बिष्ट,गजेन्द्र बिष्ट,गणेश बहादुर ऐर,बिरमा देवी बिष्ट,बर्षा राना,जग बहादुर बिष्ट,ललित हमाल,तपेन्द्र बिष्ट,मान बहाददुर ऐर,चक्र सेटी,दिलिप नाथ,हिरा सिह घटाल,पशुपती, ऐर,नरपता देवी ऐर,भागरती ऐर,देवकी जोशी,चेतना मल्ल,धन बहादुर बम,नारायणदत्त भट्ट,धिया राना, जय बहादुर कुँवर सर्वसम्मत मनोनित भएका छन ।
वडा कमिटि गठनको कार्यक्रम संगै महिला वडा कमिटि पनि गठन गरीएको
थियो । महिला कमिटिको अध्यक्षमा कलावती बिष्ट उपाध्यक्षमा मदना सार्कि, देवकी जोशी,सचिव यशोदा जोशी,सहसचिव पशुपती ऐर, कोषाध्यक्ष बर्षा राना, सदस्यहरुमा चेतना मल्ल,मनिशा लोत्याल,पशुपती कुँवर,बिरमा बिष्ट,नरपता ऐर लगायत सर्वसम्मत मनोनित भएका थिए ।
उक्त वडा कमिटि गठन भेलालाई सम्बोदन गर्दै सुदूरपश्चिम प्रदेश अध्यक्ष जोशीले राष्ट्रको ढुकुटि लुट्न पल्केका भ्रष्टहरुबाट देश जोगाउन सबै ठाउँबाट राष्ट्रभक्त जनताले एक हुने समय आएको कुरामा जोड दिदै अवपति सबैले एक हुन नसके सिंङ्गो राष्ट्र खतरामा परेको भन्दै राप्रपाको राष्ट्र जोगाउने अभियानमा सहभागि हुन आव्हान गरेका हुन । त्यति बेला राष्ट्रको स्वाधिनता संक्षणको लागि काखिमा दुघे बालक च्यापेर महिलाहरुले पनी लडाई लडेको ईतिहास बोकेको बिर गोर्खालिको ज्ञथा सुनाउदै राजसंस्था,हिन्दु राष्ट्र र संघीयता अन्तको लागि सबैले आ–आफ्नो ठाउँबाट लाग्न राप्रपा महिला संगठन केन्द्रिय सदस्य लक्ष्मि चन्द सिंहले अनुरोध गरेकी थिईन । यसैगरी आयोजित कार्यक्रमलाई सम्बोदन गर्दै युवाहरुले एकजुट भएर राष्ट्र निर्माणमा लाग्न सुदूरपश्चिम प्रदेश सदस्य जित सिंह भण्डारीले जोड्दिएका थिए ।

शुक्लाफाँटा नगरपालिकामा बिहीबारको वडा कमिटि गठन अन्तिम वडा रहे सगै उक्त वडाको कमिटिले पूर्णता पाए पछि नगरका १२ वडामा राप्रपाको वडा कमिटि गठन पुरा भएको छ भने कञ्चनपुर जिल्ला भरी रहेका गाउँ÷नगर पालिका मध्ये राप्रपाको वडा कमिटि पुर्नगठनमा नगर भरीका वडालाई पूर्णता दिने शुक्लाफाँटा नगर पहिलो रहेको छ ।
राप्रपा केन्द्रिय कमिटीको निर्देशन अनुरुप वडा गठनलाई निरन्तरता दिईएको कञ्चनपुर जिल्ला निर्वाचन सदस्य लक्ष्मी चन्द सिंहले जानकारी दिएका छन ।

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?