स्ववियु लागि सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा १० विद्यार्थी संघ संगठन दर्ता

सञ्जु महर
कञ्चनपुर, १२ चैत्र
सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन
९स्ववियु०का लागि १० विद्यार्थी सघ संगठनहरुले संगठन दर्ता गराएका छन । २७ चैत्रमा हुने स्ववियु निर्वाचनका लागि सुपविको केन्द्रीय क्याम्पसमा १० विद्यार्थी सघ संगठनहरुले संगठन दर्ता गराएका हुन । निर्वाचन संयोजक कर्णदेव भट्टले ७ विद्यार्थी संघ संगठन सहित ३ स्वतन्त्र विद्यार्थी समुहले संगठन दर्ता गरेको बताए ।
संयोजक भट्टका अनुसार नेवि सघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, समाजवादी निकट अनेरास्ववियू, अखिल ९समाजवादी०, बहुमत निकट क्रान्तिकारी, प्रजातान्त्रिक विद्यार्थी संगठन सहित दिपेन्द्र भट्ट नेतृत्वको संयुक्त विद्यार्थी समुह, पुष्करराज पन्त नेतृत्वको स्वतन्त्र विद्यार्थी समुह र बिरेन्द्र सिह नेतृत्वको स्वतन्त्र विद्यार्थी आवाजले संगठन दर्ता गराएका छन । संघ संगठन दर्ता गराएसंगै स्ववियु निर्वाचनमा होमिएको विद्यार्थी संघ संगठनले जनाएका छन । अनेरास्ववियु जिल्ला सचिव बिक्रम थापाले अनेरास्ववियुले सुपविको केन्द्रीय क्याम्पसमा संगठन दर्ता गरेर चुनाव प्रचारप्रसारमा जुटेको बताए । उनले संगठन दर्तासंगै चुनावी फिल्डमा हिडेको बताए ।
अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी९अबिरल०ले संगठन दर्ता गरेसंगै आवश्यक चुनावी प्रकृयामा अघि बढेको बताए । यस अघि जिल्लामा २ क्याम्पस जितेको क्रान्तिकारीले सुपको केन्द्रीय सहित अन्य आंगिक क्याम्पसमा पनि संगठन दर्ता
गराएको छ ।
समाजवादी निकट अनेरास्ववियु जिल्ला इन्चार्ज रमेश पन्तले पनि संगठन दर्तासंगै चुनावी प्रचारप्रसारमा जुटेको बताए । उनले केन्द्रीय सहित अन्य क्याम्पसहरुमा समेत खटिएको बताए ।
नेवि संघका जिल्ला अध्यक्ष नरेश पण्डितले पनि संगठन दर्तासंगै चुनावको तयारीमा जुटेको बताए । यस अघि ५क्याम्पस जितेको नेवि संघले सुपको केन्द्रीय सहित अन्य आंगिक क्याम्पसमा संगठन दर्ता गराएको बताए ।
सुपवि स्थापनाको झण्डै डेढ दशकमा पहिलो पटक केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको छ । सुपपिको केन्द्रीय सहित १५आंगिक क्याम्पसमा निर्वाचन हुने जनाएको छ ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?