नेपाली उत्पादनलाई प्रर्बद्धन गर्न देहरादुनमा अन्तराष्ट्रिय व्यापार मेला शुरु

कञ्चनपुर, चैत्र ८ 

भारतको देहरादुनमा नेपाली बस्तुकाे व्यपार व्यवसाय प्रर्बद्धन गर्नका लागी अन्तराष्ट्रिय व्यापार पर्यटन महोत्सव शुरु भएको छ ।

उत्तराखण्ड देहरादूनमा ‘हिमालयको मुटुदेखि व्यापार,पर्यटन, र सस्कृति सभ्यताको मुल नारा अघि सारेर अन्तराष्ट्रिय व्यापार महोत्सव शुरु भएको हो । सरकार र निजी क्षेत्रको संयुक्त आयोजनामा छिमेकी मुलुक भारत उत्तराखण्डको देहरादुनमा अन्तराष्ट्रिय व्यापार पर्यटन महोत्सव संचालन भएको आयोजकले जनाएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघले वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रर्बद्धन केन्द्रसंगको सहयोगमा देहरादुनमा अन्तराष्ट्रिय व्यापार पर्यटन महोत्सव संचालन गरेको हो ।

तेस्रो पटक संचालन भएको उक्त अन्तराष्ट्रिय व्यापार महोत्सवको उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिह धामीले उद्घाटन गर्दै महोत्सवले दुवै देशका स्थानीय बस्तु तथा सेवाको कारोबार बृद्धि गर्ने बताए । मुख्यमन्त्री धामीले महोत्सवको नेपाल भारतविच सदियौँदेखिको नेपाल भारतविचको सम्बन्धलाई नयाँ पुस्तामा समेत हस्तान्तरण हुने बताए । महोत्सवले दुवै देशका किसान, व्यवसायी र मजदुरविचमा समेत सम्बन्ध विस्तार हुने बताए । उनले महोत्सवबाट दुवै देशविचको धार्मिक, समाजिक, आर्थिक, साँस्कृतिक एव दैनिक भाईचाराको समेत बृद्धि विकासमा जोड दिएका छन । तेस्रो पटक हुन लागेको उक्त महोत्सवले दुवै देशका किसानले उत्पादन गरेका कृषि बस्तु तथा सेवाको प्रर्बद्धन हुने बताए । भारतीय जनता पाटीका नेता समेत रहेका मुख्यमन्त्री धामीले नेपालको आर्थिक विकासका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सीमावर्ती क्षेत्रमा भौतिक पूर्वाधारदेखिका कार्यक्रम संचालन भएको बताए । कार्यक्रमका बिशिष्ट अथिति समेत रहेका सुदूरपश्चिम प्रदेशका पुर्वमुख्यमन्त्री राजेन्द्र सिह रावलले व्यापार मेलाले दुई देशविचको आर्थिक, समाजिक, साँस्कृतिक सम्बन्धमा थप टेवा पुग्ने बताए । उनले नेपाली तथा भारतीय बस्तुको एक अर्कादेशविच आदान प्रदानले समेत आर्थिक कारोबारमा बुद्धि गरिने बताए । उत्तराखण्ड विद्यायन सभा सदस्य खडान दाशले पनि महोत्सवले नेपाली बस्तु सहजै भारतमा पाईने भएकाले उपभोक्ताहरुलाई थप सहज हुने बताए ।

कार्यक्रममा कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले तेस्रो पटक अन्तराष्ट्रिय व्यापार पर्यटन महोत्सवले दुईदेशविच थप सम्बन्ध विस्तारमा जोडदिएका छन ।

अध्यक्ष जोशीले नेपालमा उत्पादित बस्तु तथा सेवाको प्रर्बद्धन, बजारीकरण एव भारतसंगको व्यापार घाटा पूर्तिका लागि महोत्सव आयोजना गरिएको बताए ।

यस अघि वाणिज्य संघले दुई पटक देहरादुनमा मेला सम्पन्न गरिसकेको बताउँदै उनले यस पटक पनि मेला संचालन गरिएको बताए । सन ०१७ र ०१८मा पहिलो र दोस्रो पटक मेला संचालन गरिसकिएको र तेस्रो पटक ०२५मा गर्न लागेको बताए । वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष सुरेन्द्र रावलको पालामा दुई पटक गरिएको र अहिले पिताम्बर जोशीको पालामा तेस्रो पटक मेला गर्न लागिएको छ । कार्यक्तममा अध्यक्ष जोशीले मुख्यमन्त्री धामीलाई बनबासा पुल पुरै दिन संचालन हुनुपर्ने, टनकपुर ब्रम्हदेब पुल समेत संचालन हुनुपर्ने, नेपालभारतविच धार्मिक सम्बन्ध भएकाले नेपाली सवारी साधन भारतीय शहरमा निर्वाध संचालनको वातावरण मिलाउनुपर्ने, सीमा क्षेत्रमा हुने झन्झट हटाउनुपर्ने विषय अघि सारेर मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन । अध्यक्ष जोशीले

६ बर्षपछि हुन लागेको महोत्सवले थप नेपाली बस्तुको भारतीय बजारमा माग बढ्ने बताए । कार्यक्रम संचालन समेत गरेका कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले नेपाली बस्तु तथा सेवाको अन्तराष्ट्रिय बजारीकरणका लागि आयोजना गरिएको मेलामा नेपाली बस्तु तथा सेवाका ५० र भारतीय पनि ५० स्टल रहेको बताए । महासचिव बोहराले नेपाली मुलका नागरिकहरुको देहरादुनमा बाहुल्यता भएकाले पनि नेपाली बस्तु तथा सेवा खपत हुने भएकाले तेस्रो पटक मेला आयोजना गरिएको बताए । सुदूरपश्चिम प्रदेशका युवा उद्योगी एव कञ्चनपुर उद्योगी वाणिज्य संघका सदस्य तेज बहादुर चन्दले उक्त मेला महोत्सवबाट नेपाली बस्तुको बजार विस्तार गरिने बताए ।

नेपाली बस्तु तथा सेवाको भारतीय बजारमा पुर्याउन, भारतसंगको ब्यापार घाटा घटाउन, नेपाली बस्तुलाई अन्तराष्ट्रिय बजारसम्मै पुर्याउने उदेश्यका साथ मेला संचालन गर्न लागिएको उनले बताए । उनले महोत्सवमा नेपाली कृषि, गार्मेन्टदेखिका बस्तु तथा सेवाका स्टल रहेको बताए ।

कञ्चनपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष जंग ब. मल्लले एक सातासम्म संचालन हुने मेलामा नेपाली उत्पादित बस्तुको प्रर्बद्धन गरिने बताए । वाणिज्य संघले सरकारसंगको साझेदारीमा आफ्ना नेपाली बस्तु बस्तुको अन्तराष्ट्रिय बजारीकरणका लागि गर्ने पहलबाट नेपालको व्यापारमा प्रर्बद्धन हुने अपेक्षा गरिएको छ । उद्घाटनकै दिन नेपाली तथा भारतीय कलाबारबाट साँस्कृतिक कार्यक्तम प्रस्तुत गरिएका थिए । सात दिनसम्म संचालन हुने महोत्सवमा करोडौँको कारोबार हुने आयोजकले जनाएको छ ।

ताजा खबर

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ ३० वैशाख  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?