दाेधाराचाँदनी नगरपालिका ०१ मा जनचेतनामूलक कार्यक्रम सम्पन्न

कबिर सिंह साउँद दाेधारा १२ फागुन। 

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएकाे छ।

दाेधाराचाँदनी नगरपालिका ०१ मा वडाको सहकार्यमा शान्ति पुनःस्थापना गृह पिआरसीद्वारा आयाेजित “मानव बेचबिखन, लागु औषध दुरुपयोग, लैङ्गिक हिंसा तथा बाल विवाह न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हाे।

उक्त कार्यक्रममा श्री महाकाली आदर्श माध्यमिक विद्यालय, दोधारा चाँदनी-१ कक्षा ८ र ९ का विद्यार्थीहरू, स्थानीय बासी, समाजसेवी,जनप्रतिनिधि तथा प्रहरी प्रशासन लगायतकाे सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूलाई मानव बेचबिखन रोकथाम, लागू औषध दुरुपयोगका असर, लैङ्गिक हिंसाविरुद्ध कानूनी व्यवस्था तथा बाल विवाहका नकारात्मक प्रभावहरू सम्बन्धी विस्तृत जानकारी गराईएको थियाे भने वडा नं. १ का अध्यक्ष बिक्रम चन्दले पनि कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थीहरूलाई अपराधिक क्रियाकलाप देखि बच्न जनचेतनाबारे जानकारी गराएका थिए ।

यसैगरी कार्यक्रममा सहभागी सराेकारवालाहरुले कानूनी व्यवस्था, रोकथामका उपाय तथा समुदायस्तरबाट गर्न सकिने पहलहरूबारे जानकारी दिएका थिए। सहभागी विद्यार्थीहरूले समेत यस विषयमा आफ्ना जिज्ञासाहरू राख्दै कार्यक्रमलाई अन्तरक्रियात्मक बनाएका थिए।

आयोजित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको पिआरसी दोधरा चांदनीका परामर्शदाता रेखा भाण्डारी पुजाराले जानकारी दिएका छन् भने कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै, आगामी दिनमा यस्ता सचेतनामूलक कार्यक्रमहरू वडामा निरन्तर सञ्चालन गर्ने वडा अध्यक्ष चन्दले प्रतिबद्धत रहेकाे

बताए ।

 

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?