पत्रकार कल्याण कोष कंचनपुरलाई सचिव पाण्डेयद्वारा ११,१११ रुपैयाँ सहयोग

कञ्चनपुर,

नेपाल पत्रकार महासंघ कंचनपुर शाखाको पत्रकार कल्याण कोष स्थापनाको लागि साखा सचिव कुन्दन पाण्डेयले आर्थिक सहयोग गर्नु भएको छ । पत्रकारहरुको हक हित लागी खर्च गर्ने गरि महासंघ शाखाले  स्थापना गर्न लागेको पत्रकार कल्याण कोषमा सचिव पाण्डेयले ११ हजार १ सय ११ रुपैया आर्थिक सहयोग गरेका हुन ।

पत्रकारहरुलाइ घटना , दुर्घट्ना, गम्भीर रोग र पत्रकार वा परिवारका सदस्यहरुको देहान्त भएको समयमा थोरै भएपनी आर्थिक सहयोग गर्ने मनसायले  पत्रकार कल्याण कोष कंचनपुरको स्थापना हुन लागेको समयमा थोरै भएपनी पत्रकार कल्याण कोषमा ११ हजार १ सय ११ रुपैया सहयोग गरेको सचिव पाण्डेयले बताए ।

आगामी दिनहरुमा अझ सहयोग गर्ने समेत उहाँ प्रतिबद्धता जनाउनु भएको छ ।

मैले गरेको सहयोग सानो हो तर पत्रकारहरुको हक हितको लागि पत्रकार कल्याण कोषको स्थापना हुन लागेको छ , सानै भए पनि आफै बाट सुरुवात गर्नु पर्छ भन्ने मनसायले सहयोग गरेको हुँ,उनले भने ” हुन त मैले यति सहयोग गरे भनेर प्रचार प्रचार गर्ने ,भन्ने कुरा राम्रो होइन ,मैले यो गरे त्यो गरे भन्ने कुरामा अहमता देखिन्छ , अब सबैले सहयोग गर्न आग्रह गर्दछु ।”

पत्रकारहरु कुनै घटना दुर्घटनामा पर्दा वा बिरामी हुदाँ आर्थिक समस्याको मारमा पर्ने गरेको र आर्थिक जोहो गर्न समस्या हुने भएकाले थोरै भएपनी पत्रकार कल्याण कोषको स्थापना गरि आर्थिक सहयोग गर्ने मनसायले महासंघ शाखा कंचनपुरले कल्याण कोषको स्थापना गर्ने लागेको महासंघ शाखा अध्यक्ष सुरेश सिंह धामिले बताएका छन ।

पत्रकार कल्याण कोष एक पबित्र र पुण्य कार्य भएकोले महासंघका शाखा सदस्यहरु लगायत अन्य सबैलाइ  सकेको आर्थिक सहयोग गर्न समेत धामिले आह्वान गर्नु भएको छ । एक एक थोपा बाट समुद्र बन्ने भएकोले सबैलाई आर्थिक सहयोग गर्न समेत उनले आग्रह गरेका छन । सवै क्षेत्रका व्यक्तिले पत्रकार कल्याण कोषको स्थापनाको लागि सहयोग गर्ने समेत उनले आशा ब्यक्त गरेका छन  ।

शाखा सचिव पत्रकार पाण्डेय डेढ दशक देखि पत्रकारिता गर्दै आएका छन । रेडियो कंचनपुरका स्टेसन म्यानेजर समेत रहेका शाखा सचिव पाण्डेय लोकप्रीय संचारकर्मी र ब्यक्तिका रुपमा परिचित छन । सचिव पाण्डेय संग जिल्ला भित्र र बाहिरका आधा दर्जन भन्दा बढी संचार संस्थामा काम गरेको अनुभव समेत रहेको छ।

पत्रकार कल्याण कोष कंचनपुरको स्थापनाको लागि सहयोग जुट्ने क्रम जारी रहेको छ ।

नेपाल उद्योग व्यापार महासंघ कंचनपुरले पत्रकार कल्याण कोष कंचनपुरको स्थापनाको लागि ५१ हजार १ सय ५१ रुपैया आर्थिक सहयोग गरिसकेको छ भने कंचनपुर उद्योग बाणिज्य संघको यहि फाल्गुन १२ गते देखि महेन्द्रनगरको खुल्ला मन्चमा सुरु हुन गइरहेको  कंचनपुर पर्यटन महोत्सवमा बिक्री हुने हरेक टिकटको १ रुपैया आर्थिक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ ।

 

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?