जनज्योति एजुकेसनल फेस्ट २०८१ सम्पन्न

दिनेश सिह महरा, ०६ फागुन

कञ्चनपुर- कञ्चनपुरमा रहेको जनज्योति माध्यमिक विद्यालयले जनज्योति एजुकेसनल फेस्ट २०८१ आयोजना गरेको छ । विद्यार्थीहरुको आन्तरिक प्रतिभालाई बाहिर ल्याउन तथा विद्यार्थीहरुले प्राप्त गरेको शिक्षा लाई जिवनोपयोगी वनाउन उक्त कार्यक्रमको आयोजना गरिएको हो ।


पछिल्लो समय कञ्चनपुरमा रहेको विभिन्न विद्यालयहरुले शैक्षिक गुणस्तर सुधारका लागी विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएका छन । यसै अनुरुप कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १८ मा रहेको जनज्योति माध्यमिक विद्यालयले जनज्योति एजुकेसनल फेस्ट २०८१ आयोजना गरेको हो । कला संस्कृतिको संरक्षण , परम्परागत खानपान तथा वैज्ञानिक आविस्कार सहित सोमवार बाट शुरु भएको दुई दिने जनज्योति एजुकेसनल फेस्ट २०८१ को भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले विहिवार एक भव्य समारोहका विच उदघाटन गर्नु भएको थियो । कार्यकम्रलाई विभिन्न विद्यालयका शिक्षक, अभिभावक जनप्रतिनीधि लगायतले अवलोकन समेत गर्नु भएको छ ।

उक्त कार्यक्रमलाई अवलोकन गर्न पुग्नु भएका महेन्द्रनगर मावि कटानका विद्यालय व्यवस्थापन समिती अध्यक्ष समाजसेवी डा. कृष्ण दत्त जोशी बोक्सरले विद्यार्थीहरुको आन्तरिक प्रतिभा प्रष्फुटन गराउन यस्ता कार्यक्रमले अत्यन्त्यै महतपुर्ण भुमिका खेल्ने वताउनु भयो । साथै उहाले अवका दिनहरुमा शिक्षकले शिक्षा दिएर मात्रै असल नागरिक वन्न नसक्ने हुदा अभिावकहरुले पनी वालवालिकाहरुमाथि निथरानी गर्न नसके वृद्ध आमा बुबाहरुलाई वृद्धाश्रम पुर्याउने खालका नागरिक उत्पादन हुन सक्ने भन्दै अभिभावकले सचेत हुनु पर्नेमा जोड दिनु भयो ।


यसै गरि कितावमा पढेका कुराहरुलाई व्यवहारमा उतार्न विज्ञान कला प्रदर्शनी सहितको जनज्योति एजुकेसनल फेस्ट २०८१ आयोजना गरिएको जनज्योति माध्यमिक विद्यालयका विद्याँर्थीहरुले वताएका छन । साथै उनीहरुले यस फेस्टको माध्यमबाट आफ्ना कला संस्कृती रहन सहन र परम्परालाइृ समेत झल्काउन खोजेको समेत वताएका छन । साथै उहाले जनज्योति एजुकेसनल फेस्ट २०८१ मा विद्यार्थीहरुले विज्ञान, कला तथा साहित्य, भेषभुसा लगायत थुप्रै कुराको प्रस्तुति गरेको समेत वताएका छन ।


यसै गरि जनज्योति माध्यमिक विद्यालयले विगत ३ वर्ष देखि विद्यँर्थीहरुको ईच्छा र चाहाना बमोजिम उनीहरमा भएको अन्तरनिहित क्षमता लाई बाहिर ल्याउन र वालवालिकाहरुलाई पढाई तिर अभिप्रेरित गर्दै उनीहरुको पठन संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले जनज्योति एजुकेसनल फेस्ट आयोजना गर्दै आएको वताउनु भयो । साथै उहाले नानी बाबुहरुले यस कार्यक्रम मार्फत आफ्नो भविष्य निर्धारण गर्ने मौका समेत पाउने उहाले वताउनु भयो ।


उक्त जनज्योति एजुकेसनल फेस्ट २०८१मा विद्यार्थीहरुले विभिन्न स्टलहरुमा आफैले निर्माण गरेका विज्ञान कला, आर्ट क्राफ्ट, सुदूरपश्चिमको कला संस्कृति तथा मौलिकता दर्शाउने खाद्यपरिकार, रानाथारु वस्ति, परम्परागत कृषि औजार, लगायतको प्रदर्शनी गर्नुका साथै वृहत सांसकृतिक कार्यक्रमको समेत पर्दर्शनी गरिएको छ । साथै यसै कार्यक्रममा विभिन्न सिवधामा उतकृष्ट विद्याथीहरुलाई पुरस्कार वितरण गरिनुका साथै विविध सांस्कृत कार्यक्रमको आयोजना गरेर मंगलवार कार्यक्रम समापन गरिएको छ ।

ताजा खबर

मेयर ओझाद्वारा महेन्द्रनगर नमुना मावि साधारण स्कुलको अनुगमन

कञ्चनपुर, असार २२ कञ्चनपुरको एक स्थानीय सरकारका प्रमुख देखिका जनप्रतिनिधीले...

महाकाली गाईडबण्ड सन्तोषजनक ः गृहमन्त्री लेखक

उपेश सिंह धामी कञ्चनपुर २२ असार । कञ्चनपुर स्थित महाकाली गाईडबण्ड,दोधाराचाँदनी...

कञ्चनपुरको होलीफेम्ली स्कुललाई उत्कृष्ट शैक्षिक संस्था सम्मान

शुनिल राना कञ्चनपुर २२ असार । सुदूरपश्चिम प्रदेश कञ्चनपुरकोे एक...

श्रद्धेय दिप दाईको प्रेरणादायी दुई शब्द “भाई अब राजनीतिमा आउनु पर्छ’’

धन सिंह धामी कञ्चनपुर २२ असार । मन्द मुस्कानको साथमा के...

शनिवार वृहत सरसफाई कार्यक्रमलाई निरन्तरता दिदै पावर अफ युथ समुह

कञ्चनपुरमा रहेको पावर अफ युथले वृहत सरसफाई कार्यक्रमलाई निरन्तरता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?