दोधारा चाँदनीमा हात्ती आतंक : मेयर लिम्बुले गरे स्थलगत अनुगमन

पप्पु गुरुङ्ग दाेधारा ०५ फागुन।

दाेधारा चाँदनी नगरपालिका १० प्रधान टोलमा जंगली हात्तीको बथानले बालनाली खाएर, उद्यनेर क्षती बनाएको छ् । गएराती जंगली हात्तीको बथानले गहुँ, उखु, मसुरो लगाएत वाली खाएर उद्यनेर नष्ट बनाएको स्थानियबासीहरुले बताएका छन् । गए राती करिब १० बजे तिर बच्चा सहित १५/१६ को संख्यामा आएको हात्तीको बथान रातीको समयमा बस्ती पसेको र गाँउले थाहा पाएर होहल्ला गरेपछि शुक्ला फाँटा राष्ट्रिय निकुञ्ज भित्र प्रवेश गर्ने गरेको उनी बताउछन् । हात्तीले सो क्षेत्र का किसानहरूको गहु, उखु , मसुरो, केरा गरि करिब २ बिगाह बाली पुर्ण रुपमा नोक्सान गरेको छ । जंगली हातिले दिपक बुढाको करिब १ बिगाहमा रहेको गहु, उखु, केरा नष्ट पारेको छ भने गणेश शाहीको १ बिगाह मा उत्पादन गरिएको उखु बाली नोक्सान गरेको छ् । रातीको समयमा जंगली हात्तीले नोक्सानी गरेको पाएपछि दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु सहितको एक टोली प्रधान टोल पुगेका छन् । नगरप्रमुख किशोर कुमार लिम्बुले स्थलगत अनुगमन सहित स्थानियबासीहरु संग भेट गरेका छन् । नगर प्रमुख लिम्बुले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगाएत सरोकारवाला संग जानकारी गराएको बताउदै सो क्षेत्रमा स्थानियबासीहरुलाई समुहगतरुपमा केही दिनमै सुरक्षार्थ र अन्नवाली जोगाउन सर्चलाई बितरण गर्ने नगर प्रमुख लिम्बुले बताएका छन् ।

 

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?