माईती नेपाल कञ्चनपुरद्धारा कार्य प्रगति प्रतिवेदन २०२४ प्रस्तुत

धन सिंह धामी महेन्द्रनगर ०४ फागुन । 

कञ्चनपुरको महेन्द्रनगरमा एक कार्यक्रमका विच माईती नेपाल कञ्चनपुरले कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेको छ ।

आईतबार भीमदत्तनगर–०४ होटल सिद्धार्थको सभाहलमा पत्रकार सम्मेलन गरी माईती नेपाल कञ्चनपुरले कार्य प्रगति प्रतिवेदन २०२४ प्रस्तुत गरेको हो । उक्त कार्यक्रममा मानव बेचबिखन बिरुद्धमा लागेको माईती नेपाल कञ्चनपुरले भारतको बिभिन्न ठाउँमा बेचिएका नेपाली महिलाको उद्दार गरेको जानकारी दिएको थियो । मानव तस्कर समुहले रोजगारी दिन्छु भन्दै विभिन्न प्रलोभन देखाएर भारतमा बेचिएका १४ नेपाली महिलाको उद्दार गरिएको छ । माईती नेपाल कञ्चनपुरले एक बर्षको अवधिमा १४ नेपाली महिलाको भारतबाटै उद्दार गरेको हो । अघिल्लो बर्ष २०२३ मा २५ जनाको उद्दार गरेको थियो । माईती नेपाल कञ्चनपुरको तथ्याङ्क अनुसार उनीहरुलाई भारतका विभिन्न शहरबाट उद्दार गरी पुर्नस्थापना गरिएको छ । भारतको खटिमा, हरियाणा, शाहजहाँपुर, राजिस्थापन, मुम्बई, पिथौरागढ, सुरत, दिल्ली, पुना, देहरादुनबाट उद्दार गरेर पुर्नस्थापना गरिएको हो ।

माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले समाजिक सञ्जाल फेसबुक मार्फत सम्पर्कमा आएका महिलालाई बेचबिखनमा परेपछि उनीहरुको सकुसल उद्दार गरेको बताईन । ‘भारतबाट उद्दार गरिएका ५ जना कञ्चनपुरकै हुन, ‘उनले भनिन, ‘बेचबिखनको शिकारमा पनि कञ्चनपुरकै बढी महिला देखिएन ।’ माईती नेपाल कञ्चनपुरकी संयोजक भट्टले आफन्तबाटै रोजगारी दिने बहानामा बेचबिखन गर्दैै आएको बताईन ।

बेचिएका महिलालाई परिवारमा पुर्नमिलन गराईएको छ । माईती नेपाल कञ्चनपुरले गड्डाचौकी, दोधाराचाँदनी, चारलेन महाकाली पुल सहितका नाकाहरुमा बेचबिखन बिरुद्धमा समेतना गराउँदै आएको छ । १५ बर्षदेखि ४५बर्ष उमेर समुहका मानिस बेचबिखनको शिकार भईरहेका छन ।

१८ बर्षमुनीका १२५ अर्थात ४७ प्रतिशत र १८बर्ष भन्दा बढी ४५ बर्षमुनीका ५३ प्रतिशत मानिस बेचबिखन भईरहेको पाईन्छ । बेचबिखनका पनि अधिकाँस दलित समुदायकै महिला रहेको पाईएको छ । ३३ प्रतिशत दलित, १२ ब्रम्हमण, २९ क्षेत्री, ६ ठकुरी, जनजाती १३ र अन्य ९ प्रतिशत रहेका छन ।

देशका ७ प्रदेश मध्ये सुदूरपश्चिम प्रदेशका मानिस नै सबै भन्दा बढि बेचबिखनको शिकार बनेका छन । सुदूरका ८१.३४, कर्णाली ९, लुम्बिनी ७, गण्डकी २, बागमती ०.७४, कोसी २ र मधेश सुन्य रहेका छन । मानव बेचबिखन तथा ओसारपसार बिरुद्धमा सीमा नाकामा ३८ हजार मानिसलाई परामर्स दिईएको छ । माईती नेपालमा खोजबिनका लागि परेका १७६ निवेदन मध्ये ६०जना फेला परेका छन । ८ हजार ३८९सवारी साधन सीमा क्षेत्रमा चेकजाँच गरेर २९६ जनाको उद्दार गरिएको छ ।

सीमाबाटै सिधै परिवारमा २८जनालाई पुर्नमिलन, ३८ हजारलाई परामर्स, ३० हिन्सापीडितको उद्दार, ५७५लाई अनुशिक्षण, १३ हजारलाई सचेतना गरेर ४० हजार ३४३जनासंग प्रत्यक्ष सेवा प्रदान गरिएको छ । माईती नेपालले २ वटा जबरजस्तीकरणी र १ मानव बेचबिखन बिरुद्धमा मुद्दा चलाएको छ ।

माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले पछिल्ला बर्षहरुमा मानव बेचबिखनको कञ्चनपुर ट्रान्जिट प्वाईट बनिरहेको बताईन । ‘कार्यालयमा दर्ता भएका र अन्य पीडित परिवारबाट आएको सुचनाका आधारमा जोखिमामा परेका मानिसको उद्दार गर्दै परिवारको जिम्मा लगाउँदै आएका छौँ, ‘संयोजक भट्टले भनिन, ‘हिन्सा अन्य जोखिममा परेका महिलालाई पुर्नस्थापना गृहमा राखेर सीपमुलक तालिमका लागि पठाउँछौँ ।’ मानव बेचबिखन रोकथामका लागि नजिककै व्यक्ति आफन्तबाट हुने, स्वयम जोखिममा परेका व्यक्तिबाट झुटा विवरण पेश हुने मानव तस्करले नयाँ नयाँ तरिका अपनाउने र प्रविधिकीको दुरुपयोगले मानव बेचबिखन रोकथामका लागि चुनौती थपिदै गएको संयोजक भट्टले बताईन ।

मानव बेचबिखन रोकथामका लागि माईती नेपालले सीमा क्षेत्रमा संस्कापद व्यक्तिमाथि सोधपुछ गरेर उद्दार गर्दै आएको, बेचबिखनको जोखिममा परेका व्यक्तिलाई नेपाल भारतका सुरक्षाकर्मीको सहयोगमा उद्दार गर्दै आएको माईती नेपालका संयोजक भट्टले बताईन । गरिबी, बेरोजगारी, खुला सीम नाका मोबाईल फोन, समाजिक सञ्जालको दुरुपयोग, घरेलु हिन्सा, देखाखिकी, नक्कली कागजात प्रयोग, आफ्नै घरपरिवार, साथिभाई, सीमापार गराउन चिनजान एव जानेकै मान्छेको प्रयोगले मानव बेचबिखनका घटना नरोकिएको संयोजक भट्टले बताईन । संयोजक भट्टले मानव बेचबिखन रोकथामका लागि सीमावर्ती क्षेत्रमा सचेतनामुलक कार्यक्रम संचालन, किशोर,किशोरीलाई विद्यालय स्तरमा अनुशिक्षण, नेपाल भारत दुवै देशका सरोकारवालासंग छलफ गर्दैै सुरक्षात्मक समुदायका सचेतना, समन्वय सहकार्य तथा सहयोग कार्यक्तम मार्फत बेचबिखन रोकथामका लागि प्रयास भईरहेका छन ।

माईती नेपालको मात्रै प्रयासले मानव बेचबिखन पुर्ण नरोकिने अन्य सरकारी गैर सरकारी निकायबाट समेत प्रयास हुनुपर्नेमा संयोजक भट्टको धारणा रहेको थियो भने पछिल्लो समयमा मानव वेचविखन विरुद्ध तथा जनचेतनामुलक कार्यक्रम भईरहदा आम जनसमुदायले संस्थाको काम प्रति प्रसंसा गरिरहेका छन ।

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?