निर्माण रुपन्देही र निङ्गलाशैनी सहकारी वीच अनुभव आदन प्रदान

धन सिंह धामी महेन्द्रनगर ०४ फागुन ।

कञ्चनपुरको महेन्द्रनगरमा दुई सहकारी संस्था विच सम्भावना र चुनौती बारे अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । निर्माण बहुउद्देश्यीय सहकारी संस्था लि. रुपन्देही र निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.का संचालकहरु, व्यवस्थापकहरु, तथा उप समितिका सदस्यहरु वीच एक आपसमा अनुभव आदन प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको हो ।

निर्माण बहुउद्देश्यीय सहकारी संस्था लि. रुपन्देहीका अध्यक्ष मोतीलाल ढकालको नेतृत्वमा आएको २५ सदस्यीय अध्ययन अवलोकन भ्रमण टोली निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाको बहुउद्देश्यीय भवनमा अन्तरक्रिया, समसामयिक विषयमा छलफल एवं अनुभव आदन प्रदान गरिएको थियो ।

सहकारीको वर्तमान अवस्था, सहकारी ऐन २०७४ मा ल्यार्ईएको अध्यादेश २०८१,राष्ट्र बैकंले ल्याउन लागेको सहकारी नियमन मापदण्ड मस्यौदा , बहुउद्देश्यीय संघहरुको संचालन भावी कार्यक्रमका बिषय सम्बन्धमा छलफल केन्द्रित रहेको थियो ।

निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाका तर्फ बाट संस्थापक तथा कार्यकारी प्रमुख प्रेम सिंह भाटले निङ्गलाशैनी बहुद्देश्यीयले बचत तथा ऋण बाहेक मलखाद विक्री वितरण, कष्टम हायरिङ्ग सेन्टर, स्कुल अफ कोअपरेटिभ संचालनमा ल्याएको र त्यसको प्रभावकारीता बिषयमा प्रकाश पार्नु भएको थियो ।

निङ्गलाशैनीले पछिल्लो समयमा सदस्यहरुको स्वास्थ्य सुधार संगै जिवन स्तर उकास्न र सहकारी शिक्षा , वित्तिय साक्षरता, योग र आर्युवेदको प्रचार संगै जडिवुटी वृक्षारोपणमा बढावा दिईरहेको कुरा औल्याउनु भएको थियो ।

उक्त दुवै संस्थाले सो अवसरमा आ आफ्ना प्रकाशन, मायाको चिनो वितरणका साथ साथै आगमी दिनमा दुवै संस्थाको सम्बन्धमा अझ बढि प्रगाढता आउने विश्वास दिलाउनु भएको थियो । सो कार्यक्रममा सहकारीका पदाधिकारी, सदस्य तथा कर्मचारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?