केशव थापा महेन्द्रनगर ०२ फागुन ।
कञ्चनपुरका एक जुम्ल्याहा भाईले आफ्नो जन्मदिन अनाथ बालबालिकासंगै मनाएका छन । भीमदत्त नगरपालिका–१८ गोबरैयाका जुम्ल्याहा भाई सम्राट चन्द र समीर चन्दको जन्मदिन अनाथ बालबालिकासंगै मनाएका हुन ।
शुक्रबार भीमदत्त नगरपालिका–४ महेन्द्रनगर समाजकल्याण बाल अनाथालयमा ने.वि.संघ कञ्चनपुरका जिल्ला सदस्य सम्राट चन्दले अध्यनको शिलशिलामा जापानमा रहेका समीर चन्द द्धयको जन्मदिनको अवसरमा अनाथालयमा खाद्यान्न तथा फलफुल वितरण गरेर मनाएका हुन ।
ने.वि.संघका नेता सम्राट चन्दले २६ औं जन्मदिनको अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको र आगामी दिनमा पनि यस्तै समाजिक काम गर्ने उदेश्यका साथ अनाथालयमै जन्मदिन मनाएको बताएका छन । ‘उनले भने, ‘अनाथ बालबालिकासंगै हामीले जन्म दिवस मनाएका छौँ ।’
जन्म दिनको अवसरमा ने.वि.संघ का पूर्व केन्द्रिय सदस्य तथा भीमदत्त नगरपालिका –११ का वडा अध्यक्ष प्रकाश थापा, ने.वि.संघका केन्द्रिय सदस्य द्धय इन्द्र बहादुर साउँद,सञ्जय अधिकारी, ने.वि.संघ कञ्चनपुर जिल्ला अध्यक्ष नरेश पण्डित लगायत सदस्य,बिध्यार्थी, शुभचिन्तक एव अनाथालयका पदाधिकारीको उपस्थिति रहेको थियो ।



