भृकुटी माविको ५५ औँ बार्षिकोत्सव, शैक्षिक गुणस्तरमा जोड 

धर्म सिह धामी, महेन्द्रनगर फागुन १ 

कञ्चनपुर भीमदत्त नगरको एक सामुायिक विद्यालयले बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमै रहेको भृकुटी माध्यामिक विद्यालयले ५५ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।

जिल्ला सदरमुकाममा रहेको उक्त विद्यालयले बिहीबार एक कार्यक्रमका विच विवित कार्यक्रम गरेर बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको जनाएको छ ।

भृकुटी माविका प्रद्यानाध्यापक केशर सिह महराले बार्षिक प्रगति प्रतिवेदन पेश गर्दै विद्यालय प्रशासनले शैक्षिक गुणस्तर बृद्धिमा जोडदिएको बताए । प्रअ महराले अभिभावक जिम्मेबार बनाउनुपर्नेमा जोडदिदै विद्यालयमा प्राविधिक शिक्षादेखिका कार्यक्रम संचालन भएको बताए । विद्यालयमा स्थापना गरिएका विभिन्न अक्षयकोष समेत गरिब विपन्न विद्यार्थीहरुलाई वितरण गरिएका छन । सिसिटिभी जडान गर्दै अतिरिक्त कक्षा समेत निःशुल्क संचालन, अतिरिक्त कृयाकलाप संचालन गरिएको बताए ।

विद्यालयमा घेरबार नभएकाले पठन पाठनमा समस्या रहेको औल्याएउँदै आर्थिक बर्ष ०७९÷०८०मा समाजिक विकास मन्त्रालयबाट उपलब्ध गराएको ३०लाख बजेटमा छात्राबास निर्माण अधुरै रहेको बताए । आगामी दिनमा अभिभावक भूमिका अभिबृद्धि गर्दै प्रविधिमैत्री शिक्षण गरेर शैक्षिक सुधारमा जोडदिए । कार्यक्रमका बिशिष्ठ अथिति समेत रहेका भीमदत्त नगरपालिका ४ का वडाध्यक्ष एव पुर्व सोही विद्यालयका अध्यक्ष शुशिल भट्टले विद्यालयको बृद्धि विकासका लागि पहल गर्ने बताए । प्रमुख अतिथि भीमदत्त नगरकी उपप्रमुख निलम लेखकले विद्यालय सुधारका लागि आफ्नो तर्फबाट पालिकाबाट सक्दो सहयोगको प्रतिबद्धता जाहेर गरेकी छिन ।

कार्यक्रममा शिक्षक सहित विभिन्न समाजिक क्षेत्रबाट विद्यालयलाई सहयोग गर्नेलाई सम्मान, उत्कृष्ठ विद्यार्थीलाई पुरस्कारदेखि विवित साँस्कृतिक कार्यक्रम गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र आग्रीको अध्यक्षतामा भएको कार्यत्रक्रममा सरोकारवाला सहित अभिभावक, विद्यार्थी, शिक्षकको सहभागिता रहेको थि

यो ।

ताजा खबर

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता ः छात्रा भलिबल तर्फ लक्ष्मीमावि बागफाँटा प्रथम

शुनिल राना, 20 कञ्चनपुर भीमदत्त नगरपालिकाले सचालन गरेको १६ औँ...

पुर्व मेयर अशोक कुमार चन्द कञ्चनपुर २ बाट सिफारिस

कञ्चनपुर, २० पौष । आगामी २१ फागुनमा हुने प्रतिनिधी सभा...

सुशासनका लागि खवरदारी गर्ने पत्रकार धामी सम्मानित

धन सिंह धामी बेलडाँडी १९ पाैष। कृषि, स्वास्थ्य, स्थानीय विकास,...

हरिहर स्नान घाटमा मकरमेलाका लागि समिति गठन 

डिल्लीराज पन्त, महेन्द्रनगर,१९ पाैष । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ हरिहर स्नान...

राप्रपा भीमदत्तनगर -१० वडा कमिटी अध्यक्षमा चन्द 

कञ्चनपुर १९ पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?