उत्थानशील युवा सञ्जाललाई ‘विपद् पूर्वानुमान तथा प्रतिकार्य’ सम्बन्धी अभिमुखीकरण

पप्पु गुरुङ्ग, दोधारा ०१ फागुन ।

कञ्चनपुरमा उत्थानशील युवा सञ्जाललाई विपद् पूर्वानुमान तथा प्रतिकार्यमा आधारित ‘आधारभूत मानवीय सहायता मापदण्ड’ सम्बन्धी अभिमुखीकरण गरिएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीएको आयोजना तथा भीमदत्त नगरपालिकाको समन्वयमा भीमदत्त नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जालका पदाधिकारीहरुलाई विपद् पूर्वानुमान तथा प्रतिकार्यमा आधारित मानवीय सहायता मापदण्ड सम्बन्धी अभिमुखीकरण गरिएको हो । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का संस्थागत विकास तथा मानव संसाधन व्यवस्थापक बिनोद बिक्रम जैरुले उत्थानशील युवा सञ्जालको विपद् व्यवस्थापन क्षमता अभिवृद्धि साथै विपद्का बेला उनिहरुको भूमिका र योगदान बारे जानकारी प्रदान गर्नका लागि अभिमुखिकरण गरिएको बताउनुभयो । उहाँले युवाहरुको विचार र उद्देश्य समाज रुपान्तरणका लागि अपरिहार्य रहेको बताउदै युवा शक्तिलाई समाज सेवामा परिचालन गर्न सक्नुपर्नेमा जोड दिनुभयो । उत्थानशील युवा सञ्जालका संरक्षक तथा भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले विपद्को समयमा मानिसहरुको ज्यान र सम्पत्ती जोगाउनका लागि युवा शक्ति सक्रिय हुनुपर्ने धारणा राख्नुभयो । भीमदत्त नगरपालिकाका उपप्रमुख नीलम लेकख जोशीले विपद् व्यवस्थापन तथा अन्य रचनात्मक क्रियाकलापहरुका लागि उत्थानशील युवा सञ्जालको क्षमता अभिवृद्धि गर्न भीमदत्त नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । भीमदत्त नगरपालिका वडा नम्बर–११ का वडाध्यक्ष प्रकाश थापाले उत्थानशील युवा सञ्जालले विगतमा जलवायु अनुकुलन, विपद् व्यवस्थापन साथै अन्य सामाजिक कार्यमा सहनिय कार्य गरेको स्मरण गर्दै आगामी दिनमा सञ्जालले थप सशक्त भएर काम गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) सुदृढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले विपद्का बेला समुदायलाई बचाउनका लागि युवाहरुको भूमिका महत्वपूर्ण रहने भएकाले विपद् पूर्वानुमान तथा प्रतिकार्यमा आधारित मानवीय सहायता मापदण्ड सम्बन्धी तालिमको आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा उपस्थित उत्थानशील युवा सञ्जालका सदस्यहरुले विपद् पूर्वानुमान तथा प्रतिकार्य साथै राहत र पुनर्निर्माण कार्यमा संलग्न हुनका लागि आवश्यक ज्ञान र सीप प्राप्त गर्ने अवसर पाएको बताएका छन् । उनिहरुले यो अभिमुखीकरणले भविष्यमा विपद्को अवस्थामा प्रभावकारी कदम चाल्न साथै समाज रुपान्तरणमा थप रचनात्मक कार्य गर्न उर्जा प्रदान गरेको बताएका छन् । कार्यक्रममा एनएनएसडब्ल्यूएका संस्थागत विकास तथा मानव संसाधन व्यवस्थापक बिनोद बिक्रम जैरु, सुदृढ परियोजना संयोजक राजकुमार सुनार, पूर्व सूचना तथा पूर्वप्रतिकार्य अधिकृत भोजराज भट्टले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, आधारभूत मानवीय सहायता मापदण्ड, पूर्व सूचना तथा पूर्व प्रतिकार्यमा युवाहरुको भूमिका र नेतृत्व विकास बारे सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा उत्थानशील युवा सञ्जालका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

 

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?