नेपाल शिक्षक संगठन दोधारा चाँदनीको तेस्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पन्त

पप्पु गुरुङ्ग दोधारा २८ माघ ।

‘गौरवशाली बिगत, चुनौतीपुर्ण बर्तमान, गुणस्तरिय शिक्षाका लागी शैक्षिक सुशासन’ नारा सहित कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा नेपाल शिक्षक संगठनको तेस्रो नगर अधिबेशन सम्पन्न भएको छ् । नेकपा एमालेको भातृ संगठनको रुपमा रहेको नेपाल शिक्षक संगठनले नगर क्षेत्रमा रहेको शिक्षक पेशा तथा गुणस्तर शिक्षाको हकहितको लागी बिभिन्न कार्यक्रम संचालन गर्दै आएको नेपाल शिक्षक महसंघ कञ्चनपुरका सदस्य टंकलाल जोशीले बताउनुभएको छ् । संगठनको तेस्रो नगर अधिबेशनले चन्द्र देव पन्तको अध्यक्षतामा १५ सदस्यीय नेपाल शिक्षक संगठन दोधारा चाँदनी चयन गरिएको छ् । उपाध्यक्षमा तेज सिंह धामी, महिला उपाध्यक्षमा पुष्पा जोशी, सचिवमा राजेन्द्र प्रसाद भट्ट, सह–सचिवमा भुमीसरा सुनार, कोषाध्यक्षमा हरि सापकोटा, सह–कोषाध्यक्षमा दिल माया सुनार गरि १५ सदस्यीय नव नगर कमिटि चयन भएको नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य भवानी पन्तले बताउनुभएको छ् । यस्तै अधिबेशनबाट १२ जना जिल्ला प्रतिनिधी समेत चयन गरिएको छ् । बिद्यालय तथा शिक्षक, कर्मचारीमा थुप्रै समस्या रहदै आएको बताउदै नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य भवानी पन्तले शिक्षक, बिद्यालयको समस्या पुरा गर्न शिक्षा ऐन २०८१ आउन जरुरी रहेका शिक्षक संगठनका केन्द्रिय सदस्य भवानी पन्तले बताउनुभयो । दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले समय सापेक्ष शिक्षा क्षेत्रलाई आधुनिक र बिकसित बनाउदै लग्न अत्यन्त जरुरी रहेको बताउदै आफुहरु आएपछि नगर क्षेत्रमा स्थानिय पाठ्यक्रम निमार्ण तथा कार्यान्वन तथा दश वर्षे शिक्षा रणनिती तयार, दरबन्दी मिलान लगाएत थुप्रै कार्य गरिएको बतानुभएको छ् । कार्यक्रममा संगठनका रहेर उत्कृष्ट कार्य गरेका शिक्षकहरुलाई सम्मानित समेत गरिएको छ् । अधिबेशनमा नेकपा एमाले कञ्चनपुरका सदस्य राजिव खड्का, नेकपा एमाले दोधारा चाँदनीका नगर ईन्चार्ज गगन खडका, दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु, नगर शिक्षा समितिका सदस्य खिमा चन्द, नेपाल शिक्षक महसंघ कञ्चनपुरका सदस्य टंकलाल जोशी, नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य भवानी पन्त लगाएत शिक्षकहरुको उपस्थिती रहेको थियो । अधिबेशनमा चयन भएका पदाधिकारीहरुलाई अबिर माला लगाएर बधाई दिईएको थियो ।

ताजा खबर

बेलडाँडी गाउँपालिका–०३ राप्रपा वडा कमिटिको अध्यक्षमा बिष्ट

नरेन्द्र गुरुङ्ग बेलडाँडी ०३ चैत । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–०३ मा राष्ट्रिय...

सेनाको गोरखनाथ गण भुपु सैनिकको पुर्नमिलन कार्यक्रम 

कञ्चनपुर, चैत्र २  नेपाली सेनाको गोरखनाथ गणका पुर्व सैनिक कर्मचारीहरुको...

पुनर्वास नगरपालिका–०४ राप्रपा वडा कमिटिको अध्यक्षमा बिष्ट

  नरेन्द्र गुरुङ्ग पुर्नवास ०२ चैत कञ्चनपुरको पूर्नवास नगरपालिका–०४ मा राष्ट्रिय...

मोवाईल व्यवसायी आचार्यद्वारा बृद्धाआश्रममा लुगाकपडा तथा खाद्यान्न सहयोग

महेन्द्रनगर ०२ चैत ।  मोवाईल व्यवसायी धर्मदेव आचार्यले कञ्चनपुरको एक...

लक्ष्मी माविको सम्पन्न धार्मिक तथा विज्ञान महोत्सवको आय/व्याय सार्वजनिक

महेन्द्रनगर २४ फागुन । कञ्चनपुरको महेन्द्रनगरमा रहेको लक्ष्मी माविले विद्यालयमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?