दोधारा चादनीमा जंगली हात्तीबाट अन्नवाली जोगाउन र सुरक्षित रहन टर्चलाईट बितरण 

पप्पु गुरुङ्ग दोधारा २६ माघ ।

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाका जंगली हात्तीबाट अन्नवाली जोगाउन र सुरक्षित रहन टर्चलाईट बितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ संसारी टोलमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्ती भित्रिदै आएको जंगली हात्तीको बथानले अन्नवाली नष्ट गर्नुको साथै मानविय क्षती हुनसक्ने अवस्थालाई मध्यनजर राख्दै हात्तीपिडित क्षेत्रमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कञ्चनपुरको सहयोग र दोधारा चाँदनी नगरपालिकाको सहकार्यमा टर्चलाईट बितरण गरिएको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । जंगली हात्ती प्रभावित यस वडामा स्थानीयलाई रातीको समयमा हिडडुल गर्न र हात्तीबाट बच्न सहज होस् भन्ने उद्देश्यले टर्चलाईट बितरण गरिएको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । संसारीटोलका जंगली हात्तीले प्रभावित भएका २० घरधुरीलाई २० थान सर्चलाईट बितरण गरिएको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कञ्चनपुरको सहयोग र दोधारा चाँदनी नगरपालिकाको सहकार्यमा २० थान सर्चलाईट बितरण गरिएको नगरप्रमुख लिम्बुले बताउनुभएको छ् । यस अघि वडा कार्यालयबाट संसारी टोल लगाएत वन्यजन्तु प्रभावित बस्तीहरुमा जंगली हात्ती प्रभावित बस्तीमा २९ थान टर्चलाईट बितरण गरिएको उहाँको भनाई छ् । टर्च लाईटले रातीको समयमा अन्नवाली जोगाउन र हात्ती आएको समयमा सुरक्षित स्थान तर्फ भाग्न सजिलो हुने स्थानियबासीहरुले बताएका छन् । दोधारा चाँदनी नगरपालिकाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र र भारतिय जंगल संग जोडिएको दोधारा चाँदनीका बस्तीहरुमा यतिबेला वन्यजन्तुको आतंक बढ्दो छ् । वन्यजन्तुबाट खेतवालीमा जोगाउन स्थानियबासीहरु रातभरी आगोको धुनी बालेर, पटका पड्काएर र थाली बजाएर जाग्रम बस्दै आएका छन् । वर्षेनी किसानहरुले खेती लगाएको समयमा वन्यजन्तुले अन्नवाली क्षती बनाउदै आएपछि सरोकारवालाहरु संग वन्यजन्तु आतंक रोक्न दर्घकालिन योजना बनाउनु पर्ने किसानहरुले बताएका छन् । दोधारा चाँदनी नगरपालिकाका अधिकांश स्थानियबासीहरु कृषीमा आश्रित रहदै आएका हुदा जंगली जनावरले वालीनाली नष्ट गर्न थालेपछि भोकमरीको चिन्ताले सताउन थालेको छ् ।

ताजा खबर

एसईई उत्र्तिण विद्याथीलाई एलबिएको सम्मान

कञ्चनपुर, असार २८ कञ्चनपुरकोे एक निजी विद्यालयले माध्यामिक परीक्षा...

माओवादी केन्द्र भीमदत्त नगर ५को सम्मेलन, अध्यक्षमा तिरुवा

 कञ्चनपुर, असार २८ नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका ५नम्बर वडाको...

नवराज भट्टको काँधमा बैजनाथ मावि पिटिए

डिल्लीराज पन्त, असार २७ कञ्चनपुर महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालय...

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?