आज सुदूरपश्चिम कृषि, पर्यटन महोत्सव समापन गरिदै : ज्योती मगरको प्रस्तुती 

महेन्द्रनगर केशव थापा, माघ २६ ।

गत मंगलबार १५ माघ देखि कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा संचालन भएको सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव आज शनिबार समापन गरिदैछ । ‘साँस्कृतिक धार्मिक ऐतिहासिक पर्यटकीय सम्पदाको पहिचान सम्बृद्ध एव सुसंस्कृत समाज निर्माणमा हाम्रो अभियान’ भन्ने मुल नारा अघि सारेर सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक कञ्चनपुर पर्यटन महोत्सव संचालन भएको थियो ।

नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरको आयोजनामा नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा शुरु भएको महोत्सवमा हजारौँ दर्शकले मेला अवलोकन गरेका छन ।

नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुर एव मेला मुल आयोजक समितिका संयोजक ललित परियारले दैनिक हजारौँ दर्शकले मेला अवलोकन गरिहेको बताए । संयोजक परियारका अनुसार नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष खेमलाल घिमिरेको प्रमुख आथित्यमा समापन हुनेछ ।

ओझेलमा परेका सुदूरपश्चिमका लोक कला देखि राष्ट्रिय कलाकारबाट दैनिक हुने प्रस्तुती अवलोकनका लागि हजारौँ दर्शक आईरहेको बताए । सोमबार बसन्तपञ्चमी अर्थात सरस्वती पुजाका लागि पनि भित्रै सरस्वतीको पुजा गरिएको थियो ।

मेलामा बाल उद्यान सहित लघु उद्यम प्रर्दशन, अटो प्रर्दशन, कृषि प्रर्दशनी, गार्मेन्ट, बैकल्पिक उर्जा, गुणस्तरिय दैनिक उपभोग्य समाग्री, विद्युतीय समाग्री, शिक्षा,स्वास्थ्य, क्षेत्रका सेवा प्रर्दशनी गरिएका छन ।

संयोजक परियारले कोरोना महामारीपछि थलिएको अर्थतन्त्र सुधार ल्याउनुका साथै आम उद्योगी, व्यवसायी, कृषकले उत्पादन गरेका बस्तु तथा सेवाको बजारीकरण गर्नका लागि महोत्सव आयोजना गरिएको बताए । संयोजक परियारका अनुसार भीनपा ८तिलाचौरमा नेपाल आमाको मूर्ति निर्माणका लागि सहयोगार्थ प्रति टिकटमा २, नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको अक्षयकोष स्थापनार्थका लागि पनि २रुपैया र समाजकल्याण बाल अनाथालयमा सहयोगार्थका लागि प्रति टिकेटमा १ रुपैया छुट्याईनेछ । ‘हामीले साधारण टिकेट तर्फ यस्तो समाजिक सेवा गर्ने निर्णय गरेका छौँ, ‘उनले भने, ‘यो सम्भवत समाजिक क्षेत्रको एक उदाहरणीय बन्नेछ ।’ मेला महोत्सव आर्थिक कारोबार, मनोरञ्जन गर्नका लागि मात्रै नभई समाजिक सेवाका लागि समेत रहेको उनले बताए ।

मेला महोत्सव साँस्कृतिक संयोजक करन पालले समापनका दिन चर्चित गायक तथा मेडेल ज्योती मगर सहित गायक जिवन परियार, महेन्द्र विक सहितको प्रस्तुती रहने बताए । उनले स्थानीय एव राष्ट्रिय कलाकारबाट समेत साँस्कृतिक कार्यक्रम प्रर्दशनी गरिनेछ । ओझेलमा परेको कलादेखि चर्चामा आएका सबै स्थानीय एव राष्ट्रिय कालाकारहरुलाई स्थान दिईने उनले बताए । उनले महोत्सवकै अवधिमा समाजिक काम गर्दै उद्घाटनका दिनदेखि हरेक दिन सुदूरपश्चिमको लोक संस्कृति कला झल्किने साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको बताए । नेपाल उद्योग व्यापार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव शिवराज पनेरुले पछिल्ला बर्षहरुमा थलिरहेको आर्थिक कारोकार मेला, महोत्सवका माध्यमबाट समेत अघी बढाईन लागेको बताए । ‘हाम्रा स्थानीय एव स्वदेश बस्तु तथा सेवा मेलाका माध्यामबाट प्रर्दशनी गर्ने, बिक्रि वितरणदेखि प्रर्बद्धन गर्ने हो, ‘महासचिव पनेरुले भने, ‘जसका कारण पनि हाम्रा उत्पादन किसानदेखि उद्योगी, व्यवसायी प्रोत्साहित हुन्छन ।’

चर्चित युवा कलाकार दुर्गेश थापा आएको शुक्रबार पनि भिडभाड थियो । धनगढी एयरपोर्टदेखि मञ्चसम्मै कलाकार ल्याईरहेका युवा उद्यमी नरेन्द्र शाहले मेला महोत्सवबाट आर्थिक कारोबारदेखि नेपाली कलाकारले आफ्नो कला प्रस्तुती सहित सुदूरको मौलिक संस्कृति प्रर्बद्धनदेखि आयाम भईरहेको बताए ।

महोत्सव अवलोकनका लागि विद्यार्थी सहुलियत तर्फ ४० र साधारण तर्फ ८०रुपैया निर्धारण गरिएको छ । भने, अति अशक्त, जेष्ठ नागरिकहरुको हकमा समेत भारी छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । महोत्सवले महेन्द्रनगर बजारको चलहपहल समेत बढाएको छ, भने करोडौँको कारोबार भईरहेको व्यवसायीहरुले बताएका छन । सिथिल रहेको महेन्द्रनगरको बजारमा समेत मेलाले दर्शक बढ्न थालेपछि व्यवसायी समेत उत्साहित भए

का छन ।

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?