महाकाली सिँचाई नहर निर्माण कम्पनीको गोदाममा आगलागी हुँदा, एक करोड बढीका समान जलेर खरान 

कञ्चनपुर।कञ्चनपुरको एक निर्माण कम्पनीको गोदाममा आगलागी भएको छ । बेदकोट नगरपालिका ६मुसेपानी स्थित भवानी कालिका कन्स्ट्रक्सन प्रालिको गोदाममा आगलागी भएको हो ।

गयराती विद्युत तारसर्ट भई गोदाममा आगो लागेको कञ्चनपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले गोदाममा रहेका विभिन्न निर्माण समाग्री जलेर पूर्ण नष्ट भएको बताए ।

भवानी कालिका कन्स्ट्रक्सन प्रालिका संचालक हर्क मल्लले गोदाममा रहेको सिमेन्ट, प्लाईबोर्ड, रबलसिल, टायर क्रसर पट्टा, ईन्जिन बयल, डिजेल, पेट्रोल, टायर, सेप्टिफ्रेम, जोईन्ट फिलर, हाब्री ग्रिस डम, होईड्रोलिक, लिटर ड्रम नष्ट भएको बताए । उनका अनुसार झण्डै १ करोड ४लाख हाराहारीमा क्षति भएको छ ।

महाकाली सिँचाई तेस्रो चरण नहर निर्माणको जिम्मा पाएको कालिका कन्स्ट्रक्सन प्रालिको गोदामा आगो लागेर समान नष्ट भएपछि नियमित काममा समेत प्रभाव परेको छ । महाकाली सिचाई आयोजना तेस्रो चरण अन्र्तरगत एमआईपी आईबिसी एनसिबी ०२÷०७८÷०७९ बराह डेभलोपस प्रालि साविक राजेन्द्र निर्माण सेवा प्रालिको ठेक्का सव कन्ट्याक्टमा शाखा नहर निर्माण गर्ने जिम्मा लिएको भवानी कालिका कन्स्ट्रक्सन प्रालिको दुई गोदाममा आगलागी भएको हो ।

‘गोदाम छेउमै स्टापहरु बस्ने क्वाटर पनि छ, एक जना स्टाप पिसाब फेर्न बाहिर आएपछि गोदाममा आगो लागेको थाहा भयो, ‘उनले भने, ‘छेउमै रहेका अन्य सवारी साधन पनि जल्ने रहेछन, छिनमै अन्यन्त्र सार्दा सवारी साधनमा ठुलो क्षति हुन सकेन ।’

कम्पनीका कर्मचारी, स्थानीय एव भीमदत्त र बेदकोट नगरपालिकाबाट आएका दमकलले आगो निभाएका थिए । कम्पनीका कर्मचारी, स्थानीय एव भीमदत्त र बेदकोट नगरपालिकाबाट आएका दमकलले आगो निभाएका थिए । बेदकोट नगरका फायरमेन बिनोद रैकाल सहितको टोलीले तेस्रो पटक दमकल भरेर बिहान पनि बचेको आगो निभाएका थिए । पछिल्ला दिनहरुमा कञ्चनपुरमा विद्युतको तार सर्टभई आगलागीका घटना हुनथालेपछि सर्वसाधारण समेत त्रसित भएका छन ।

ताजा खबर

मेयर ओझाद्वारा महेन्द्रनगर नमुना मावि साधारण स्कुलको अनुगमन

कञ्चनपुर, असार २२ कञ्चनपुरको एक स्थानीय सरकारका प्रमुख देखिका जनप्रतिनिधीले...

महाकाली गाईडबण्ड सन्तोषजनक ः गृहमन्त्री लेखक

उपेश सिंह धामी कञ्चनपुर २२ असार । कञ्चनपुर स्थित महाकाली गाईडबण्ड,दोधाराचाँदनी...

कञ्चनपुरको होलीफेम्ली स्कुललाई उत्कृष्ट शैक्षिक संस्था सम्मान

शुनिल राना कञ्चनपुर २२ असार । सुदूरपश्चिम प्रदेश कञ्चनपुरकोे एक...

श्रद्धेय दिप दाईको प्रेरणादायी दुई शब्द “भाई अब राजनीतिमा आउनु पर्छ’’

धन सिंह धामी कञ्चनपुर २२ असार । मन्द मुस्कानको साथमा के...

शनिवार वृहत सरसफाई कार्यक्रमलाई निरन्तरता दिदै पावर अफ युथ समुह

कञ्चनपुरमा रहेको पावर अफ युथले वृहत सरसफाई कार्यक्रमलाई निरन्तरता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?