दोधरा चाँदनी–६ मा धमाधम सडक कालोपत्रेका योजना सुरु, स्थानीय हर्षित 

मदन गिरी दाेधाराचाँदनी १४ माघ ।

कञ्चनपुरको दोधरा चाँदनी नगरपालिका–६ मा सडक कालोपत्रे गर्न सुरु गरिएका छन् । वडाका विभिन्न सडकहरु कालोपत्रे गर्न वडा कार्यालयले योजना सुरु बढाएको हो । वडा अध्यक्ष ओम बस्नेतले एकैसाथ वडामा विभिन्न टोलमा सात वडा सडक कालोपत्रे गर्न काम सुरु गरिएको बताए । उनका अनुसार सडक ग्राभेलसँगै पानी पिच गरि सडक कालोपत्रे गरिनेछ ।

उनका अनुसार सोनाखरी–संगम चोक हुदैँ बोगटी टोलसम्म दुई दशमलव पाँच किलोमिटर सडक कालोपत्रेका लागि काम भईरहेको छ । त्यस्तै संगम चोक देखि गलमेली टोलसम्म पाँच सय मिटर सडक कालोपत्रे हुदैँछ, भने गुरुङ्ग टोलमा चार सय मिटर र प्रधान टोलमा पाँच सय मिटर सडक कालोपत्रे गर्ने योजना छ ।

त्यस्तै भैरवथान–पत्थरनाला पाँच मिटर, पथ्थरनाला– बन्दाघाटसम्म दुई सडक मिटर सडक कालोपत्रेका लागि ठेक्कामार्फत काम अघि बढेको छ । मिलन चोक देखि फिल्म हलसम्म दुई सय मिटर सडक कालोपत्रे काम भईरहेको वडाध्यक्ष बस्नेतको भनाई छ । वडाका सडक स्तरोन्नती गरि चालु आर्थिक वर्षभित्रका काम सम्पन्न गरि सक्ने लक्ष्य रहेको छ ।

वडाध्यक्ष बस्नेतले संघ र प्रदेश सरकारको बजेट अन्तरगत करिब चार करोड बजेट चार दशमलव पाँच किलोमिटर बढी सडक कालोपत्रेका लागि योजना सञ्चालन गरिएको बताए । “कच्ची सडक हुदाँ स्थानीइले सास्ती खेप्नु परेको थियो ।” वडाध्यक्ष बस्नेतले “केन्द्रदेखि प्रदेशसम्म धाएर सडक कालोपत्रेका लागि बजेट विनियोजन गराउन सफल भएका छौँ, यसै आर्थिक वर्षमा सडक कालोपत्रेको काम सम्पन्न हुन्छ ।” वडाका अन्य सडक स्तरोन्नतीका लागि चाँडै योजना सुरु गरिने उनको दावि छ ।

सडक कालोपत्रे हुन थालेपछि स्थानीयले खुसील व्यक्त गरेका छन् । सोनाखरी टोलका स्थानीय अनिल थापाले सडक निर्माण कार्य सुरु भएको खुसी व्यक्त गरे । उनले वडाध्यक्षको चुनावी प्रतिवद्धता अनुसार सडक कालोपत्रेका काम भईरहेको बताउँदै समयमै निर्माण कार्य सम्पन्न गर्न आग्रह गरे । त्यस्तै अर्की स्थानीय कमला थापा मगरले पनि पक्की सडक नहुदाँ बालबालिका लागि विद्यालय पठाउन समेत समस्या हुने गरेको बताउँदै कालोपत्रे सडक निर्माणपछि सहज हुने आशा व्यक्त गरिन् । सडक पुर्वाधार निर्माणसँगै वडाको समग्र विकासका लागि वडाध्यक्ष बस्नेत सक्रिय भएर काम गदैँ आईरहेका छन् ।

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?