एक्स्ट्रिम सिरिज अन्तर्गत दुई नयाँ मोटरसाइकलको ग्राण्ड लन्च

उपेश सिंह धामी
महेन्द्रनगर १२ माघ ।
सिजी मोटर्सले महेन्द्रनगरमा एक्स्ट्रिम सिरिज अन्तर्गत दुई नयाँ ब्राण्डका मोटरसाइकल सार्वजनिक गरेको छ । कञ्चनपुरको महेन्द्रनगरमा रहेको सिजीको आधिकारिक बिक्रेता, हिमानि मोटर्सले शनिबार महेन्द्रनगरको संबिधान चोकमा एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभीआरको रिजनल ग्राण्ड लन्च गरेको हो । हिरोको एक्स्ट्रिम १६० आर फोरभी(प्रो) को मूल्य ३ लाख ८४ हजार ९ सय र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि २ लाख ८९ हजार ९ सय र एबीएस भेरियन्टको लागि ३ लाख ११ हजार ९ सय रहेको कम्पनीले सार्वजनिक गरेको छ । सार्वजनिक दुवै हिरोका मोडेलहरू कञ्चनपुरको महेन्द्रनगरको संबिधान चोकमा ग्राण्ड लन्च गरिएको हिमानि मोटर्सका सञ्चालक सागर बोहराले जानकारी दिनु भएको छ।
उहाँका अनुसार एक्स्ट्रिम १६० आर फोरभीमा १६० सिसी सेगमेन्ट रहेकोमा सार्वजनिक गरिएको बाइकमा १६३ सिसी ४–भल्भबीएस–भीआई इन्जिन रहेको छ। १४५ किलो तौल भएको यो मोटरसाइकल सजिलै मोड्न र चलाउन सकिने कम्पनीले जानकारी दिएको छ।
एक्स्ट्रिम १२५ आर १२५ सिसीको इन्जिन रहेको छ। यसमा ईबीटी प्रणाली उपलब्ध छ। एक्स्ट्रिम १२५ आरको मस्कुलर र शार्प डिजाइन अन्तर्गत सेगमेन्टमै पहिलो प्रोजेक्टर एलईडी हेडल्याम्प, एलईडी टर्न सिग्नल, र सिग्नेचर एलईडी टेल लाइट समावेश रहेको कम्पनीले जानकारी दिएको छ। कार्यक्रमको समुदधाटन जिल्ला समुन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा बोहराले गर्नु भएको छ ।
कार्यक्रममा भिमदत्तनगरपालिकाका नगर प्रमुख पद बोकटि, बेदकोट नगरपालिकाका नगर प्रमुख भोज बोहरा, भिमदत्तनगरपालिकाका नगर प्रमुख निलम लेखक जोशि,ब्यबसायि खगेश्वर बोहरा, सिजी मोटर्सका प्रतिनिधीहरु, पत्रकार, ग्राहक,स्थानिय सर्बसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रमका गायक निशान भट्रराई लगायतका कलाकारहरुको बिशेष प्रस्तुति रहेको थियो । कार्यक्रमका बोल्दै कार्यक्रमका विशिष्ट अतिथि रहनु भएको भिमदत्तका मेयर पदम बोकटि महेन्द्रनगरलाई ब्यापारिक क्षेत्रको हव बनाउन सहयोग गर्न अनुरोध गर्नु भएको छ ।पछिल्लो समय ब्यापार ब्यबसाय धरासायि बन्दै गईरहेको समयमा कसैले पनि कुनैपनि बाहनामा ब्यपारब्यवसायमा अवरोध गर्न हुनेमा उहाँले जोड दिनुभयो ।
ग्राण्ड लन्च कार्यक्रममा एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभीआर मोटरसाईकल किनेका ६ जनालाई मोटरसाईकलको चाबि हस्तान्तरण गरिएको थियो ।
हिरो मोटरसाइकल तथा स्कुटरहरु नेपालको प्रतिष्ठित तथा लोकप्रीय रहेका छन । कम्पनिले सुपर स्प्लेन्डर तथा एक्सपल्स २०० जस्ता चर्चित ब्राण्डद्वारा नेपालको बजारमा बलियो पकड बनाएको छ ।

ताजा खबर

‘मानसखण्ड लोकसंस्कृति सम्मेलन तथा लिटिल बुद्ध अन्तर्राष्ट्रिय काव्यगोष्ठी

सञ्जय महर, मंसिर २० कञ्चनपुरको महेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको...

मोतिलाल डगौराकोे काँधमा आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने जिम्मेबारी

कञ्चनपुर, मंसिर २० आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने मोतिलाल डगौराको...

हार्डवेयर व्यवसायी संघ कञ्चनपुरको १२औँ अधिवेशन ः अध्यक्षमा मिश्र र महासविचमा भट्ट

धन सिंह धामी कञ्चनपुर, २०मंसिर हार्डवेयर तथा निर्माण समाग्री व्यवसायी संघ...

सिद्धनाथ मन्दिर विकास समितिको १९औँ बार्षिक साधारण सभा ः धार्मिक पर्यटनमा जोड

धन सिह धामी कञ्चनपुर, मंसिर २० कञ्चनपुरको सिद्धनाथ मन्दिर विकास...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?