केशव थापा
बेलाैरी ०९ माघ ।
कञ्चनपुरको बेलौरी नगरपालिका १० नम्बर वडा कार्यालयले सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरेको छ ।
बुधबार एक कार्यक्रमका विच बेलौरी नगरपालिका १० नम्बर वडा कार्यालयले सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरेको हो । बेलौरी नष्गरपालिका १०का वडाध्यक्ष सोमलाल चौधरले देशको परिर्वतनका लागि ज्यान आँहुति दिएका सहिद परिवार एव वेपत्ता परिवारलाई सम्मान गरिएको छ । १४ सहिद तथा वेपत्ता परिवारलाई न्यानो कपडा तथा(ब्लाङ्केट) वितरण गरि सम्मान गरिएको छ ।
आफ्ना परिवारका सदस्यले देश र जनताका लागि गरेको योगदानको वडा सरकारले मुल्याङकन गरेको भन्दै सहिद तथा वेपत्ता परिवार हर्षित भएका छन ।