राप्रपाको पहिलो वडा अधिवेशन शुभारम्भ

धन सिंह धामी कञ्चनपुर। राष्ट्रिय प्रजातन्त्र पार्टीले गाँउ,वडा कमिटि अधिबेशन वृहत् रुपमा अघि बढाएको छ ।

राप्रपा केन्द्रिय कमिटीको निर्देशन अनुसार २०८१ मंसिर मसान्तसम्म पुनर्गठन गरी सक्नु पर्ने कार्यक्रम अनुरुप कञ्चनपुर जिल्ला शुक्लाफाँटा नगरपालिकामा क्षेत्र न.०२ का क्षेत्रिय अध्यक्ष बम बहादुर बमको संयोजकत्वका साथै नगर कमिटी र वडाको सयुक्त सहकार्यमा पहिलो वडा अधिवेशनको शुभारम्भ गरेको हो ।

शुक्लाफाँटा नगरपालिका वडा न १२ मा पहिलो अधिवेशनबाट मोहन देव जोशीको अध्यक्षतामा २४ सदस्यीय वडा कमिटी गठन, साथै रम्भा भाट ज्यूको अध्यक्ष्यतामा १३ जना सदस्यीय महिला वडा कमिटी गठन भएको छ । यसैगरी सोहि नगरपालिका वडा नं ३ मा दिपेन्द्र देउवाको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।

यसैगरी पहिलो चरणमा शुक्लाफाँटामा रहेका सबै वडा कमिटि गठन पश्चात क्षेत्र नं.०२ भित्रका अन्य नगरपालिकामा पनि वडा अधिबेशन सफल पार्ने संयोजक बमले बताएका छन ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?