

कञ्कचनपुर । काेलकत्तामा सम्पन्न प्रथम अन्तराष्ट्रिय ईन्डो नेपाल ओपन ईन्टरनेशनल कराँते च्याम्पियनशिप प्रतियोगिता २०२४ मा नेपालले ऐतिहासिक जित हात पारेको छ ।
भारतको कोलकातामा आयोजना भएको प्रथम अन्तराष्ट्रिय ईन्डो नेपाल ओपन ईन्टरनेशनल कराँते च्याम्पियनशिप प्रतियोगिता २०२४ मा सुदूरपश्चिम जापान कराते डो कोशिकाई सितोरियो संघले जित हासिल गरेको छ । यस अघि चार चोटि भारतमा आयोजना भएका विभिन्न खेलहरुमा जित हासिल गरिसकेको सुदूरपश्चिम जापान कराते डो कोशिकाई सितोरियो संघले पाँचौ पटक डिसेम्वर २१ र २२ मा भारतमा सम्पन्न प्रथम अन्तराष्ट्रिय ईन्डो नेपाल ओपेन ईन्टरनेशनल कराँते च्याम्पियनशिप प्रतियोगिता २०२४ मा ३३ स्वर्ण पदक र ५ रजत पदक सहित प्रथम स्थान हासिल गर्न सफल भएको हो । उक्त प्रतियोगितामा महिला तर्फबाट रागिनी नेपाली एवम पुरुष तर्फबाट कपिल पनेरुले बेस्ट फाईटरको ट्रफी जित्न सफल भए संगै नेपाली टोलीर्ले तिहासिक जित हात पार्न सफल रहेको जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालका केन्द्रिय महासचिव कराँते नेपालको ग्राण्ड मास्टर हन्सी अभिषेक सिंहले जानकारी दिनु भएको छ ।


उक्त प्रतियोगितामा खेलाडी र अफिसियल सहित ४२ जना सहभागि रहेका थिए भने यस पटक पनि अन्तराष्टीय स्तरमै ऐतिहासिक जित पछी नेपाली खेलाडिहरुको टीम स्वदेश फर्किएको छ ।