लागु औषध सहित दुई जना पक्राउ

नेपालगञ्ज – लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरले ठुलो परिमाणमा लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
बुधवार लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर बाट प्रहरी बरिष्ठ नायव निरिक्षक केशव जोशीको कमाण्डमा खटिएको टोली र लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय नेपालगञ्जको सयुक्त टोलीले विषेस सुचनाको आधारमा बाके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर २० एयरपोर्ट नजिक शंकास्पद रुपमा वसिरहेको अवस्थामा चेकजाँच गर्दा भारतीय नागरिक राहुल शुक्ला सहित तिन जनालाई लाई सेतो पलास्टीकमा बेरेर लुकाईराखेको लागु औषध सहित पक्राउ गरेको हो । बरामद गरिएको उक्त लागुऔषध खैरो हेराईनको पलाष्टीक सहित १०२ ग्राम तथा शुद्ध लागुऔषधको तौल ९९ ग्राम रहेको छ । पक्राउ पर्नेमा जिल्ला बैराहिज रुपेडिया उत्तर प्रदेश भारतका ३३ बर्षिय राहुल शुक्ला र गेरुवा ५ बर्दिया घर भई नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर २० एयरपोर्टबस्ने बर्ष ४१ का बालचन्द्र कामी रहेका छन ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय नेपालगञ्ज बुझाईएको लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरले जनाएको छ । हाल लागु औषध नियन्त्रण व्युरो दिनानुदिन लागुऔषधको कारोवर गर्नेलाई पक्राउ गर्ने गरेको भए पनी खुला सिमानाकाका कारण लागुऔषधको नियन्त्रणमा भने चुनौती देखिएको छ ।

ताजा खबर

सेनाको गोरखनाथ गण भुपु सैनिकको पुर्नमिलन कार्यक्रम 

कञ्चनपुर, चैत्र २  नेपाली सेनाको गोरखनाथ गणका पुर्व सैनिक कर्मचारीहरुको...

पुनर्वास नगरपालिका–०४ राप्रपा वडा कमिटिको अध्यक्षमा बिष्ट

  नरेन्द्र गुरुङ्ग पुर्नवास ०२ चैत कञ्चनपुरको पूर्नवास नगरपालिका–०४ मा राष्ट्रिय...

मोवाईल व्यवसायी आचार्यद्वारा बृद्धाआश्रममा लुगाकपडा तथा खाद्यान्न सहयोग

महेन्द्रनगर ०२ चैत ।  मोवाईल व्यवसायी धर्मदेव आचार्यले कञ्चनपुरको एक...

लक्ष्मी माविको सम्पन्न धार्मिक तथा विज्ञान महोत्सवको आय/व्याय सार्वजनिक

महेन्द्रनगर २४ फागुन । कञ्चनपुरको महेन्द्रनगरमा रहेको लक्ष्मी माविले विद्यालयमा...

माओवादी केन्द्र भीमदत्त २ काे वडाध्यक्षमा पार्की

कञ्चनपुर, फागुन २४ नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका २को वडा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?