लागु औषध सहित दुई जना पक्राउ

नेपालगञ्ज – लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरले ठुलो परिमाणमा लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
बुधवार लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर बाट प्रहरी बरिष्ठ नायव निरिक्षक केशव जोशीको कमाण्डमा खटिएको टोली र लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय नेपालगञ्जको सयुक्त टोलीले विषेस सुचनाको आधारमा बाके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर २० एयरपोर्ट नजिक शंकास्पद रुपमा वसिरहेको अवस्थामा चेकजाँच गर्दा भारतीय नागरिक राहुल शुक्ला सहित तिन जनालाई लाई सेतो पलास्टीकमा बेरेर लुकाईराखेको लागु औषध सहित पक्राउ गरेको हो । बरामद गरिएको उक्त लागुऔषध खैरो हेराईनको पलाष्टीक सहित १०२ ग्राम तथा शुद्ध लागुऔषधको तौल ९९ ग्राम रहेको छ । पक्राउ पर्नेमा जिल्ला बैराहिज रुपेडिया उत्तर प्रदेश भारतका ३३ बर्षिय राहुल शुक्ला र गेरुवा ५ बर्दिया घर भई नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर २० एयरपोर्टबस्ने बर्ष ४१ का बालचन्द्र कामी रहेका छन ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय नेपालगञ्ज बुझाईएको लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरले जनाएको छ । हाल लागु औषध नियन्त्रण व्युरो दिनानुदिन लागुऔषधको कारोवर गर्नेलाई पक्राउ गर्ने गरेको भए पनी खुला सिमानाकाका कारण लागुऔषधको नियन्त्रणमा भने चुनौती देखिएको छ ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?