मुलुकको आवश्यकता र चाहनाले नयाँ राजनीतिक समीकरण : उपमहासचिव ज्ञवाली

बाजुरा -नेकपा (एमाले) का उपमहासचिव तथा केन्द्रीय स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले मुलुकको आवश्यकता र चाहानाले नयाँ राजनीतिक समीकरण बनेको बताएका छन् ।
शनिबार प्रेस चौतारी नेपाल बाजुरा शाखाले सदरमुकाम मार्तडीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमा उनले तत्कालीन सरकारका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक सहमतिमा इमान देखाउन नसक्दा मुलुकको राजनीतिमा फेरबदल आएको उल्लेख गरे ।
ठुला दलहरुलाई पालैपालो खेलाएर आफु प्रधानमन्त्री भइराख्ने प्रचण्डको योजना र देशमा विषम परिस्थितिको सिर्जना हुने अवस्था आउने भएपछि एमाले र कांग्रेस मिलेर सरकार बनाउन पुगेको बताएका छन् ।
देशमा संकट आउँदा विभिन्न कालखण्डमा एमाले र कांग्रेस मिलेर नै हल गरेको स्मरण गराउदै यो सरकार बन्दा विभिन्न चरणमा घनीभूत छलफल भएर मात्र निर्माण भएको बताए ।
“हाम्रो पार्टी स्वतन्त्र न्यायपालिकाको हिमायती भएकाले जनतामा आशा र भरोशा जोगाउने गरी हालको सरकारले काम गरिरहेको छ,” उनले भने ।
पछिल्ला विभिन्न काण्डलाई ढाकछोप गर्न हालको सरकार बनेको हो ? भन्ने पत्रकारको प्रश्नको जवाफमा ज्ञवालीले आफ्नो पार्टी र नेपाली कांग्रेसका कुनै पनि नेताहरु दोषी ठहर भएमा कारबाहीको सिकार बन्ने बताए ।
जनताको आवश्यकता र चाहाना अनुसार नै संविधान संशोधन हुनेतर्फ संकेत गर्दै संविधान जीवन्त भएमा मात्र देशमा राम्रो रक्तसञ्चार हुनेमा जोड दिए ।
माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुको पछिल्लो अभिव्यक्ति प्रति कटाक्ष गर्दै उनले त्यसलाई सत्ता सकिएपछिको छटपटी मात्र भएको आरोप लगाए । सहकारी काण्डमा संसदीय छानबिन समितिले तयार पारेको प्रतिवेदन अनुसार आफ्नो पार्टीका नेताहरु समेत संलग्न रहेको पाइएमा जतिसुकै माथिको भएपनि दोषी उम्कन नपाउने उाले बताए ।
पत्रकार भेटघाट कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, पोलिटव्यूरो सदस्य ईश्वरी रिजाल, पुर्व मुख्यमन्त्री तथा पोलिटब्युरो सदस्य राजेन्द्रसिंह रावल, केन्द्रीय सदस्य लालबहादुर थापा, सहदेव बोगटी, प्रकाश शाह, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, एमाले जिल्ला अध्यक्ष लालबहादुर ओली सहितको सहभागिता थियो । मार्तडीमा आजै देखि जिल्ला स्तरीय प्रशिक्षक, प्रशिक्षण कार्यक्रम पनि सुरु भएको छ ।

ताजा खबर

मेयर ओझाद्वारा महेन्द्रनगर नमुना मावि साधारण स्कुलको अनुगमन

कञ्चनपुर, असार २२ कञ्चनपुरको एक स्थानीय सरकारका प्रमुख देखिका जनप्रतिनिधीले...

महाकाली गाईडबण्ड सन्तोषजनक ः गृहमन्त्री लेखक

उपेश सिंह धामी कञ्चनपुर २२ असार । कञ्चनपुर स्थित महाकाली गाईडबण्ड,दोधाराचाँदनी...

कञ्चनपुरको होलीफेम्ली स्कुललाई उत्कृष्ट शैक्षिक संस्था सम्मान

शुनिल राना कञ्चनपुर २२ असार । सुदूरपश्चिम प्रदेश कञ्चनपुरकोे एक...

श्रद्धेय दिप दाईको प्रेरणादायी दुई शब्द “भाई अब राजनीतिमा आउनु पर्छ’’

धन सिंह धामी कञ्चनपुर २२ असार । मन्द मुस्कानको साथमा के...

शनिवार वृहत सरसफाई कार्यक्रमलाई निरन्तरता दिदै पावर अफ युथ समुह

कञ्चनपुरमा रहेको पावर अफ युथले वृहत सरसफाई कार्यक्रमलाई निरन्तरता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?