उराव जातीको वार्षिक करम पूजा पर्व सम्पन्न

कञ्चनपुर-भीमदत्त नगरपालिकाको वडा नम्वर १८ मा रहेकोे लोपोन्मुख उराव जातीको वार्षिक करम पूजा पर्व सम्पन्न भएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्वर १८ मा रहेकोे लोपोन्मुख उराव जातीको वार्षिक करम पूजा पर्व सम्पन्न भएको हो । प्रत्येक वर्ष भाद्र पुर्णिमा जमरा राखी शुरु गरिने वार्षिक करम पुजाको बुधवार र विहिवार विधिपुर्वक पुजा गरि सम्पन्न गरिएको हो । शुक्रवार उक्त वार्षिक करम पुजाको अवशरमा बोल्दै भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले नेपालको पुर्वमा बशोवास गर्ने उराव जातीले २००७ सालको प्रजातान्त्रीक आन्दोलनमा ठुलो योगदान पुर्याएको स्मरण गराउनु भएको छ । साथै उहाले उराव जातीले वार्षिक करम पुजाको आयोजना गरेर संस्कृति जगेर्ना गर्न भुमिका खेल्नु भएको भन्दै यस समुदायको संरक्षण तथा सम्वद्र्धनका लागी नगरपालिका सदैव साथ रहने समेत वताउनु भउको छ ।
यसै गरि परापुर्वकालमा उराउ समुदाय माथि शत्रुले आक्रमण गरको वेला करम अर्थात स्थानीय भासामा हल्दुको रुखमा लुकेर ज्यान जोगाएको हुदा करम अर्थात हल्दुको रुखलाई भगवानको रुपमा पुजा गर्ने चलन रहेको र यसको पुजा गर्दा शत्रु नास हुने किमदन्ती समेत रहेको उराउ समाज कञ्चनपुरका अध्यक्ष अनील उराउले वताउनु भयो । सागै उहाले अन्य समुदायको जस्तै कला सस्कृतिको जगेर्ना गर्न उराउ समुदायको पनी मठ मन्दिर तथा देउताको थान निमास्णमा सरकारले सहयोग गर्नु पर्ने समेत उहाले वताउनु भयो ।
राष्ट्रीय जनजाती महासंघका अध्यक्ष लगायतका प्रतनीधिहरु, भीमदत्त नगरपालिकाका उपप्रमुख, वडा नम्वर १८ का अध्यक्ष लगायतको उपस्थितीमा आयोजित कार्यक्रममाउराउ समुदाय बाट राष्ट्रीय हक्की खेलमा सहभागि भई प्रथम स्थान हासलि गर्न सफल हक्की खेलाडी पुर्णिमा उराउ, बबिता उराउ र सरिता उराउलाई सम्मान गरिनुका साथै उराउ जातीको कला सस्कृति झल्किने खालका नृत्य समेत प्रस्तुत गरिएका थिए ।

ताजा खबर

बाल विवाह रोक्न भीमदत्त र दोधाराचाँदनीमा सबल बालिका परियोजना

सञ्जय महर, मंसिर २४ कञ्चनपुरको दोधाराचाँदनी र भीमदत्त नगगरपालिकामा बाल...

कृष्णपुरमा आश्चर्यित वन फँडानी जब फैलियो हल्ला, क्षणभरमै भङ्गार बन्यो गौरिघाट

कञ्चनपुर २३ मंसिर मर्दा–पर्दा दाउरा स्याउलाको जोहोको पर्याय बनेको सामुदायिक...

‘मानसखण्ड लोकसंस्कृति सम्मेलन तथा लिटिल बुद्ध अन्तर्राष्ट्रिय काव्यगोष्ठी

सञ्जय महर, मंसिर २० कञ्चनपुरको महेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको...

मोतिलाल डगौराकोे काँधमा आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने जिम्मेबारी

कञ्चनपुर, मंसिर २० आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने मोतिलाल डगौराको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?