दोस्रो बासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधि ईन्टरनेस्नल पव्लिक स्कुल लाई

कञ्चनपुर – दोस्रो बासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिता सम्पन्न भएको छ। कञ्चनपुरका व्यवसायी तथा ज्ञान भण्डारका सञ्चालक स्वर्गीय वासुदेव बोहराको स्मृतिमा भाद्र २२ गते बाट सञ्चालन भएको दोस्रो बासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिता सोमबार समपन्न भएको हो।

प्रतियोगिताको उपाधि इनटरनेश्नल पब्लिक स्कुलले जितेको छ। इन्टरनेसनलकञ्चनपुरका ३२ विद्यालयका ३५ टिम सहभागि भएको उक्त फुटसल प्रतियोगितामा सेमिफाइनलमा ओम पुष्पाञ्जली स्कुललाई हराउँदै फाइनलमा पुगेको इन्टरनेसनल पब्लिक स्कुल र साधारण मावि महेन्द्रनगर लाई हराउँदै फाइनलमा पुगेको बैजनाथ मावि जडेपानीबिच फाइनलमा प्रतिस्पर्धा भएको थियो। फाइनल खेलमा बैजनाथ मावि जडेपानीलाई २-१३ को फराकिलो गोल अन्तरले हराउँदै इन्टरनेसनल पब्लिक स्कुलले प्रथम स्थान हात पार्न सफल भएको हो ।

प्रतियोगिताको विजेता बने सँगै इन्टरनेसनल पब्लिक स्कुलले नगद पुरस्कार रू ५५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने द्वितीय स्थान सहित बैजनाथ मावि जडेपानीले रू २५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा बैजनाथ मावि जडेपानीका खेलाडी धिरेन्द्र दमाइ म्यान अफ दि म्याच भएका थिए ।

ज्ञान भण्डारका सञ्चालक तथा स्वर्गीय वासुदेव बोहराका जेष्ठ सुपुत्र गौरव बोहराको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि कञ्चनपुर जिल्ला खेलकुद विकास समितका अध्यक्ष कुवेर खड्का रहेका थिए भने प्याब्सनका सचिव राकेश चन्दले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा सहभागि वक्ताहरूले खेलकुद तथा शिक्षाको क्षेत्रमा ज्ञान भण्डारका संस्थापक स्वर्गीय बोहराको योगदानको प्रशंसा गर्दै उनका सुपुत्रहरुले समेत उहाँको कार्यलाई निरन्तरता दिएकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?