मेघा बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे ११ औं साधरण सभा सम्पन्न

कञ्चनपुर – मेघा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ११ औं साधरण सभा सम्पन्न गरेको छ ।

कञ्चनपुरको महेन्द्रनगरमा केन्द्रिय कार्यालय रहेको मेघा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शुक्रवार आफ्नो ११ औं साधरण सभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष रघुनाथ ओझाको सभापतित्व तथा सुदुरपश्चिम प्रदेशका पुर्व आर्थिक मामिला मन्त्री तथा प्रदेश सभा सदस्य प्रकाश रावलको प्रमुख आतिथ्यतामा सम्पन्न ११ औं साधारण सभामा सहकारीका विभिन्न शाखाहरु वाट सहभागिता रहेको थियो । कार्यक्रममा स्थापना कालदेखीनै संस्थामा ईमान्दारी पुर्वक काम गर्दै आएका कर्मचारी, उत्कृष्ट वचत कर्ता, उत्कृष्ट वाल वचत कर्ता उत्कृत सेवा केन्द्र लगायतलाई संस्थाले सम्मान गरेको छ ।

संस्थाका अध्यक्ष रघुनाथ ओझाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेशका पुर्व आर्थिक मामिला मन्त्री तथा प्रदेश सभा सदस्य प्रकाश रावलले प्रदेश सरकारले सहकारी सम्वन्धि विभिन्न कानूनी जटीलता भएको सहकारी संसथाहरुको गुनासो आएको हुदा आफु प्रदेशको विधायन समीतिको सदस्य समेत भएको हुदा सहकारी संवन्धि कानूनी जटीलता हटाउन पहल गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो । साथै उहाले सहकारी संवन्धी के कस्तो कानून निर्माण गर्दा सहज हुन्छ यस बारे सहकारी कर्मीहरुले सल्ला सुझाव दिनु पर्ने र सोही आधारमा कानुन निर्माण तथा संसोधनमा सहजता हुने समेत वताउनु भयो ।

२०७१ सालमा स्थापना भएको यस मेघा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापनाको छोटो समयमानै आम शेयर धनीहरुको मन जित्न सफल भई कैलाली कञ्चनपुर र डडेलधुरा गरि तिन जिल्लाका आठ सेवा केन्द्र मार्फत सेवा दिदै आएको छ । कूल १६ हजारको हाराहारीमा शेयर सदस्य रहेको यस संस्थाले हाल ८० करोड बरावरको कारोवार गरिरहेको छ ।

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?