कैलाली तथा कञ्चनपुरका थारु समुदायहरुले अटवारी पर्व धुमधामका साथ मनाए

 

कञ्चनपुर– सुदुरपश्चिमको कैलाली तथा कञ्चनपुरका थारु समुदायहरुले मनाउने अटवारी पर्व धुमधामकका साथ मनाएका छन ।


पश्चिम नेपालको कैलाली कञ्चनपुरका थारु समुदायले मनाउने ‘अटवारी पर्व’ परापुर्वकालदेखि मनाउदै आएका छन । यस पर्वमा घर घरमा विभिन्न खानाका परिवार पकाएर उनीहरुले पर्व मनाईरहेका छन् । भाद्र कृष्ण जन्माष्टमी पछिको आईतबारका दिन मनाउने अटवारी पर्व थारु समुदायको मुख्य पर्व हो । चेलीबेटीलाई लामो समयपछि भेटघाट र विभिन्न मिठामिठा खाने परिवार खुवाउने चलन छ । यस पर्वमा आईतवार दिन भरि व्रत बसेर आईतबार पकाएका मिठामिठा परिकारहरु मध्येबाट एक भाग छोरी बहीनीहरुको लागी छुट्याईने र सोमवार पनी पकाएका परीकारहरु मध्ये बाट पनी एक भाग छुट्याएर छोरी छोरीबहिनीको घरमा पु¥याउने चलन रहेको छ । विषेस गरि आफ्ना छोरी चेलीको सम्मान तथा व्रत वसेर उनीहरुको दिर्घायुका कामना गर्ने पर्वको रुपमा यसलाई मनाउदै आएको थारु समुदायका अगुवा तथा समाजसेवी उदय थारुले वताउनु भयो ।


अटवारी पर्व वारे लिखित दस्तावेज नभए पनी बुढापाकाहरु बाट सुन्दै आएको किमदन्ती अनुसार परापुर्व कालमा थारु राज्यमाथि शत्रुद्धारा आक्रमण भए पछी पाण्डवहरुले सहयोग गरेर शत्रुमाथि जित हासिल गरेको खुशियालीमा यो पर्व मनाउदै आएको भन्ने भनाई रहेको समेत थारु समुदायका अगुवा तथा समाजसेवी उदय थारुले वताउनु भयो । साथै उहाले जे जस्तो कहावत भए पनी छोरी चेलीको सम्मान नै यो पर्वको मुख्य विषेसता भएको समेत वताउनु भयो ।


परम्परा देखी मनाउदै आएको पर्व पहिले जान्ने बुझ्ने थारु अगुवाहरुको घरमा गएर मनाउने चलन भए पनी अहिले आफ्नो परम्परा र र्संस्कृतिको जगेर्ना गर्ने हेतुले सबैले मनाउदै आएको थारु समुदायका अगुवा तथा समाजसेवी उदय थारुले वताउनु भयो । हामी संस्कृतिको हिसावले धनी भएको हुदा यसको जगेर्ना गर्न सके मात्रै हामी पनी रहन सक्छोैं भन्ने हेतुले यसको संरक्षणमा लागेको समेत उहाले वताउनु भयो ।


परापुर्व काल देखी थारु समुदायले धुमधाम संग मनाउदै आएको अटवारी पर्व आजभोली आधुनिकतासंगै संरक्षणमा चुनौती रहेको हुदा यस पर्वको संरक्षणका लागी सरकारले ध्यान दिनु पर्ने जरुरी देखिन्छ ।

 

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?