शुक्लाफाँटा नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रमसम्पन्न

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आर्थिक बर्ष २०८०÷०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलबार ‘सार्वजनिक सेवाको पारदर्शिता तथा गुणस्तरियता’ भन्ने मुल नाराका साथ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आर्थिक बर्ष २०८०÷०८१ म भएका कार्यक्रमहरुको सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको हो । नगरपालिकाले शुक्लाफाँटा मिडिया प्रालिसंगको परामर्समा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको हो । सार्वजनिक सुनुवाई कार्यक्तममा शुक्लाफाँटा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले ८३.२८ प्रतिशत वित्तिय प्रगति सहितको गत आर्थिक बर्ष २०८०÷०८१ मा सम्पन्न भएका विभिन्न योजनाको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा सहभागिहरुको जिज्ञासाको जवाफ दिदै नगरप्रमुख रण वहादुर महराले यस कार्यक्रम बाट प्राप्त सुझाव सल्लाहको आधारमा आगामी दिनमा नगरको विकास निर्माणको काम लाई अघि बढाउने वताउनु भएको थियो । साथै उहाले आएका सल्लाह सुझाव अनुसार कमी कमजोरी सुधार गर्दै र सुझावहरुलाई आत्मसाथ गर्दै अघि बढ्ने प्रतिवद्धता समेत जाहेर गर्नु भउको छ ।

कार्यक्रमका सहभागिहरुले शिक्षा स्वास्थ्य पूर्वाधार, सामुदायिक विद्यालय सुधारलगायतका राम्रा कार्यहरु भएको भन्दै जेष्ठ नागरिकहरुलाई राष्टीय परिचय पत्र बनाउन सदरमुकाम जादा सास्ती वेृहर्नु परेको हुदा पालिका बाटै राष्टीय परिचय पत्र बनाउने व्यवस्था मिलाउनु पर्ने, कृषि लाई प्राथकितामा राखी उनन्त विउ उत्पादनमा ध्यान दिनस पर्ने, व्यवशायीहरुको हकहितको लागी काम गर्नु पर्ने लगायतका थुप्रै सुझावहरु समेत दिएका थिए ।

 

ताजा खबर

कञ्चनपुरका थापा आदिवासी जनजाती युवा महासंघको केन्द्रीय सचिवमा निर्वाचित

कञ्चनपुर, ९ बैशाख । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता...

नेपाल बैंकको महाकाली अस्पतालमा एटिएम सेवा सचालन

कञ्चनपुर, ९ बैशाख । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा एटिएम सेवा...

बेलडाँडीका किसान राना जलिएको अवस्थामा मृत फेला, हत्याको आशंका

कञ्चनपुर, ९ बैशाख । कञ्चनपुरको बेलडाँडीका एक किसानको शंकास्पद मृत...

डेन्टल सेवाका लागि भीमदत्तद्वारा महाकाली अस्पताललाई आर्थिक सहयोग

कञ्चनपुर, ५ बैशाख । कञ्चनपुरको एक स्थानीय सरकारले महाकाली प्रादेशिक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?