कञ्चनपुर नाई संघको सम्पर्क कार्यालयको स्थापना

धन सिंह धामी
महेन्द्रनगर
कञ्चनपुरमा नाई संघको सम्पर्क कार्यालयको स्थापना गरीएको छ ।
मंगलबार भीमदत्त नगरपालिका –१८ स्थित ‘‘कञ्चनपुर नाई संघ’’को सम्पर्क कार्यालय स्थापना गरीएको हो ।
उक्त कार्यक्रम संघका अध्यक्ष भुपेन्द्र भण्डारीको अध्यक्षतामा प्रमुख अतिथि राप्रपा भीमदत्त नगर अध्यक्ष करन पाल र बिशिष्ठ अतिथिमा संघका उपाध्यक्ष खड्क बहादुर दमाई रहनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका पालले यो संघमा आवद्ध हुनु भएका सबै सदस्यहरुको हकहितका लागी संघले अहम भुमिका खेल्ने र समस्या पर्दा संघ सदैव अगाढी हुनुपर्ने बताउनु भयो । साथै उहाँले कपाल काट्न आउने सेवाग्राहीहरु संग पनि सम्मानका साथ आफ्नो बोलीचाली र्र अनुशासित भएर आफनो काम गर्नुपर्ने बताउनु भयो ।
पछिल्लो दिनमा नाई संघले आमा बुवा गुमाएका महेन्द्रनगरमा रहेको समाज कल्याण वाल अनाथालयका अनाथ बालबालीकाहरुर्को निशुल्क रुपमा कपाल काट्ने काम अत्यन्तै उदाहरणिय कार्य रहेको बताउनु भयो । गत बर्ष २०८०÷०३÷१२ गते देखि विधिवत सञ्चालनमा रहेको नाई संघले सम्पर्क कार्यालयको अति आवश्यकता रहेको र कार्य सहज गर्न आजदेखि आफ्नो संगठनको सम्पूर्ण काम यहि कार्यालयबाट हुने संघका अध्यक्ष भण्डारीले जानकारी गराएका छन ।
नाई मजदुरहरुको हक अधिकार बारे सम्बन्धित निकायले आवाज नउठाई दिने र नाई व्यवसायी जहिले पनि समस्यामा पर्ने देखिएपछि केहि नाई पसलेहरुको आपसी छलफल पछि कञ्चनपुरमा पनि ‘‘कञ्चनपुर नाई संघ’’को विधिवत रुपमा स्थापना भई अघि बढेको अध्यक्ष भण्डारीले बताए । सुरुवाती चरणमा केहि नाई पसलेहरु यस संगठनमा आबद्ध रहेका थिए भने अहिले आएर ७८ नाई पसल जोडीएका छन भने थप जोडिने क्रम जारी रहेको संघका प्रवक्ता नरेश कार्कीले बताएका छन ।
आगामी दिनमा नाई मजदुरहरुको आर्थिक रुपमा उनिहरुको क्षमता विकास गर्नर्, विभिन्न अवसरहरु संग जोडेर उनिहरुलाई पनि सक्षम बनाउने उदेश्यको साथै आफ्नो सामाजिक उत्तरदायित्वमा पनि कञ्चनपुर नाई संघले काम गरिरहेको प्रवक्ता कार्कीले बताए ।
जिल्लामा पहिलो पटक यसरी भव्य रुपमा कञ्चनपुर नाई संघले आफनो सम्पर्क कार्यालय स्थापना गर्न सफल भएको र नाई मजदुरहरुको अभिभावकत्व पनि महशुस होस भनेर सम्पर्क कार्यालयको स्थापना गरिएको प्रवक्ता कार्कीले बताउनु भयो ।

ताजा खबर

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?