कञ्चनपुर-विविध कार्यक्रमको आयोजना गरि कञ्चनपुरमा पनी विश्व आदिवासी दिवस भव्यताका साथ मनाइएको छ ।
नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद कञ्चनपुरले विविध कार्यक्रमको आयोजना गरि ३० औ विश्व आदिवासी दिवस मनाएको हो ।
शुक्रवार कञ्चनपुरको महेन्द्रनगरमा संबिधान प्रदत्त अधिकार आदिवासीहरुको बिशेष क्षेत्र, संरक्षित क्षेत्र स्वायत्व क्षेत्र कार्यन्वयन गर , प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा, आदिवासी जनजातीको भाषा लागु गर भन्ने मूल नाराका साथ ३० औ विश्व आदिवासी दिवस मनाएको हो । आधुनिकता संगै आदि वाशि समुदायो कला सस्कृति लोप हुदै गएको र यसलाई जगेर्ना गर्न विश्व आदिवासी दिवसले सहयोग पुग्ने कार्यक्रममा सहभागि वेलोरी नगरपालिकाका दिपा दिपा दहितले वताउनु भएको छ । सागै उहाले लोप हुदै गएका आदि वाशि समुदायो कला सस्कृति जोगाउन युवाहरु सचेत भएर लाग्नु पर्ने र भावि पिढिको लागी भए पनी यसको जगेर्ना गर्नु पर्ने वताउनु भएको छ ।
यसै गरि वेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले आदिवासी समुदाय संग प्रयाप्त सिप, कला र संस्कृति भए पनी सदियौ देखि यसको अवमुल्यन हुदै आएको वताउनु भएको छ । राज्य बाट नै आदिवासी समुदायको कला र संस्कृति र पहिचान मेटाउने काम भउको हुदा अव यसको संरक्षण्का लागी सबै एक जुट हुनु पर्ने वताउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद कञ्चनपुरका अध्यक्ष विकास श्रेष्ठले आजको कार्यक्रममा आफ्नो हक अधिकार माग्नु भन्दा पनी स्वस्फुर्त रुपमा आपसि सदभाव , मित्रता र एकत्रीत हुने उद्देश्यका साथ मनाउने गरेको वताउनु भयो । साथै उहाले यस पर्वलाई नेपाल सरकारले राष्टीय रुपमा नै मनाउनु पर्ने माग समेत रहेको वताउनु भएको छ ।
संविधान सभा सदस्य कृपा राम रानाको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा जिल्लाा नौ वटै पालिका बाट सहभागि रानाथारु, तामाङ्घ, मगर नेवार लगायतका विभिन्न आदीवाशि समुदायका कला संस्कृति झल्कीने खालका वृहत सांस्कृतिक कार्यक्रमहरु समेत पर्दशन गरिनुका साथै आदिवाशि समुदयका अग्रज व्यक्तीत्वहरुलाई सम्मान समेत गरिएको थयो ।