सार्क एजुकेसन फाउन्डेसनका असिम गिरी कक्षा १२ को परीक्षामा जिल्ला प्रथम

कञ्चनपुर – राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को परीक्षामा सार्क एजुकेसन फाउन्डेसनका असिम गिरी जिल्ला प्रथम भएका छन्। उनले ३.८२ जिपिए प्राप्त गरेका छन्। उनले जिल्ला प्रथम हुनुका साथसाथै सुदूरपश्चिममा दोस्रो स्थान प्राप्त गरेका छन्।

सार्क एजुकेसन फाउन्डेसनका प्लस टु संयोजक राजेश भण्डारीले कञ्चनपुर जिल्लाबाट परीक्षा दिएकोमा सबैभन्दा धेरै जिपिए गिरीले ल्याएको हुँदा जिल्लामै सर्वोत्कृष्ट भएको दाबी गरेका छन्। ‘जिल्लाबाट परीक्षामा सहभागी भएका विद्यार्थीहरूको नतिजासँग तुलना गर्दा हाम्रो विद्यार्थी असिम गिरीको सबैभन्दा धेरै जिपिए आएको छ। यसले गर्दा सार्क एजुकेसनका गिरी जिल्ला प्रथम भएका हुन्’ उनले भने ‘ जिल्लाकै सर्वोत्कृष्ट बनेका व्यवस्थापन सङ्कायमा अध्ययनरत गिरीले सुदूरपश्चिममै दोस्रो स्थान समेत प्राप्त गरेका छन्।’

त्यसैगरी सार्क एजुकेसन फाउन्डेसनका प्रिन्सिपल दिपेन्द्र ऐरले उत्कृष्ट नतिजाले थप उत्साहित बनाएको बताउँदै उत्कृष्ट नतिजा ल्याउन अहोरा्त्र खटिएका विद्यार्थी तथा शिक्षक सबैलाई धन्यवाद दिएका छन्।

सार्क एजुकेसन फाउन्डेसनका प्रबन्धक लक्ष्मण बस्नेतले जुन उद्देश्य लिएर सार्क लागेको थियो त्यसमा अडिक रहेको र उत्कृष्ट नतिजाले थप उत्साहित बनाएको बताएका छन्। साथै उनले जिल्ला प्रथम गिरी सहित अन्य विद्यार्थीहरूलाई आगामी भविष्यको शुभकामना दिँदै सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेका छन्।

जिल्ला प्रथम गिरीले सार्क एजुकेसन फाउन्डेसनप्रति आभार व्यक्त गरेका छन्। उनले आफूलाई सँधै सहयोग गर्ने सार्कका शिक्षक, प्रधानाध्यापक, संयोजक सम्पूर्णलाई धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोगको अपेक्षा राखेको बताए। त्यसैगरी असिम गिरीकी आमा देवकी गिरीले सार्कमा आएर छोराले धेरै प्रगति गरेको बताएकी छन्। पछिल्लो समय सार्क एजुकेसन शैक्षिक, खेलकुद, सहित अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट बन्दै आएको छ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?