आजै राति एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारि

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले दाबी पेश गरेपछि राष्ट्रपतिबाट आजै राति एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना रहेको नेताहरुले बताएका छन् ।

ओलीसहित दुवै दलका नेताहरु शीतल निवास पुगिसकेका छन् ।

राष्ट्रपतिले आइतबार साँझ ५ बजेभित्र दाबी पेश गर्न भनेकोमा आजै दावी पेश गरिएको हो ।

प्राकृतिक विपत्तिका बेला सरकार कामचलाउ राख्न नहुने भन्दै आजै राति प्रधानमन्त्री नियुक्त गर्न दुवै दलका नेताहरुको सुझाव छ । राष्ट्रपति कार्यालय स्रोतले भने आजै नियुक्तिको बारेमा अहिलेसम्म केही जानकारी नभएको जनाएको छ ।

पहिले औपचारिकरुपमा दाबी पेश भएपछि राष्ट्रपतिले आवश्यक कदम चाल्ने शीतल निवास स्रोतको भनाइ छ । कांग्रेस र एमालेका नेताहरु आजै प्रधानमन्त्री नियुक्ति हुनेगरी शीतल निवास पुगेका छन् भने प्रधानमन्त्रीको कारगेड पनि शीतल निवासमा पुगिसकेको छ ।

ताजा खबर

पहिलो पटक सिद्धनाथ मन्दिरमा महाआरती हुने

कञ्चनपुरकोे महेन्द्रनगर सिद्धनाथ मन्दिर(सिद्धबाबा)मा पहिलो पटक महाआरती संचालन हुने...

मेयर ओझाद्वारा महेन्द्रनगर नमुना मावि साधारण स्कुलको अनुगमन

कञ्चनपुर, असार २२ कञ्चनपुरको एक स्थानीय सरकारका प्रमुख देखिका जनप्रतिनिधीले...

महाकाली गाईडबण्ड सन्तोषजनक ः गृहमन्त्री लेखक

उपेश सिंह धामी कञ्चनपुर २२ असार । कञ्चनपुर स्थित महाकाली गाईडबण्ड,दोधाराचाँदनी...

कञ्चनपुरको होलीफेम्ली स्कुललाई उत्कृष्ट शैक्षिक संस्था सम्मान

शुनिल राना कञ्चनपुर २२ असार । सुदूरपश्चिम प्रदेश कञ्चनपुरकोे एक...

श्रद्धेय दिप दाईको प्रेरणादायी दुई शब्द “भाई अब राजनीतिमा आउनु पर्छ’’

धन सिंह धामी कञ्चनपुर २२ असार । मन्द मुस्कानको साथमा के...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?