भिषण बर्षाले कञ्चनपुरका गाँउबस्तीदेखि शहर बजारसम्मै क्षति, विस्तारै जनजिवन सामान्य वन्दै

कञ्चनपुरमा चार दिनदेखि अबिरल रुपमा परिरहेको भिषण बर्षाले कञ्चनपुरका गाँउबस्तीदेखि शहर बजारसम्मै क्षति पु¥याएको छ । ठुला तथा साना खोला, नदी भएका तटिय गाँउ बस्तीदेखि खोला, नदी नै नभएका बस्ती एव शहर बजारसम्मै भिषण बर्षाले क्षति पु¥याएको छ ।


ढिला गरि शुरुभएको यस वर्षको मनसुनले कञ्चनपुरको जनजिवननै अस्त व्यस्त बनाईदिएको छ । लगातार रात दिन गरि चारदिन सम्म भएको भिषण वर्षाका कारण कहिल्यै डुवान नहुने क्षेत्रदेखि वर्षेनी डुवान हुने गाँउबस्तीमा मानविय, भौतिक, अन्न्वाली तथा धनमालको क्षति भएको छ । वर्षाका कारण महाकाली र जगबुढा दुई नदीको मिलन बिन्दु दोधाराचाँदनी नगरपालीकाको कुतियाकबर यस बर्षपनि वाढीको शिकार बनेको छ । महाकाली नदीर जोगबुढा नदी गाँउ पस्दा कुतियाकबरदेखि आसपारका गाँउबस्ती सुन्दरनगर, शान्तिटोल, निसानी टोल, रामपुरे बस्ती, देउराली घाट, जर्दा गाँउ डुवानमा पर्दा स्थानीयहरु विद्यालयमा आश्रय लिन पुगेका छन ।
लामो समय देखी विपद व्यवस्थापनमा काम गर्दै आएको एनएनएसडव्ल्यूएका कार्यकारी निर्देशक अशोक विक्रम जैरुले धेरै वर्ष पछी ठुलो बाढी आउको वताउदै विगतको जस्तै विपत पुर्व तयारी समेत गदै आएको संस्थाले बाढी पिडितहरुलाई आकस्मिक राहतका कामहरु गरिरहेको वताउनु भयो । साथै उहाले विस्तापितहरुलाई आर्थिक देखी अन्य सहयोगहरु समेत गरिरहेको वताउनु भएको छ ।


जल तथा मौसम विज्ञान विभागका अनुसार दोधाराचाँदनीमा सोमबार बिहान ६२४ मिलिमिटर बर्षा भएको छ । झण्डै ५ दशक पुर्वको बाढीको सम्झना गराउने गरि दोधाराचाँदनीमा वाढी आएको दोधाराचाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले वताउनु भएृको छ । २०२८ सालमा दोधारा चाँदनीमा ठुलो वाढी आएर धेरैको संख्याको विस्थापित भएको कुरा आफुले पनी सुनेको वताउदै मेयर किशोर कुमार लिम्बुले २०८१ सालको वाढीले पनी दोधाराचाँदनीका अधिकाँस गाँउबस्ती डुवानमा परेर झण्डै ९सय घर परिवार विस्थापित भएको बताउनु भएको छ ।


यता भीमदत्त नगरपालिका र वेदकोट नगरपालिकामा पनी वर्षाले ठुलो क्षती पुर्याएको छ । भारि वर्षाका कारण सुडाको हजारा खोलामा आएको वाढीले पुर्व पश्चिम महेन्द्रराजमार्ग अन्तर्गत सुडामा पुल भत्काउनुका साथै किसानहरुले लगाएको धानवाली तहस नहस वनाएको छ । सोमवार दिउसो बाट देखी वर्षा कम भए पछी केहि सहज भए पनी घर भित्र पानी पसेका दोधारा चादनी , वेलडाडी लगायतका केहि वस्तिहरमा अझै त्रास बाकी नै रहेको छ भने अनय ठााउहरको जनजिवन सामान्य वन्दै गएको छ । जिल्लाका विभिन्न ठाँउहरुमा उद्धारका लागी सुरक्षाकर्मी तथा आवश्यक सवारी साधन, एम्वुलेन्स लगायत परिचालन गरिका छन ।


चार दिनदेखिको भारी बर्षाका कारण कञ्चनपुरमा वाढीले वितण्डा मच्चाएको छ । गत शुक्रबारदेखिकोभारी बर्षाका कारण जिल्लाभरीका ठुला तथा साना नदीखोला, खोल्सामा वाढी आउँदा झण्डै २ हजार बढी घर डुवानमा परेका छन । कञ्चनपुरको चुरे बाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै बेलडाँडी भएर बग्ने चौधर नदीले १६ बर्ष पछी वितण्डा मच्चाउदै मानविय क्षती संगै धनमाल तथा पशु चौपाया लगायत भौतिक क्षती पुर्याएको छ भने दोदा नदीले लालझाडी, बेलौरी र पुनर्वास तटिय क्षेत्रमा ताण्डप मच्चाउँदै मानविय क्षती संगै धनमाल तथा पशु चौपाया लगायत भौतिक क्षती पुर्याएको छ ।

ताजा खबर

लिटिल बुद्ध एकेडेमीद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान, दुई जनाले ल्याए फोर जीपीए‘, ए प्लसु सुदूरपश्चिममै बढी

कञ्चनपुर ०९ जेठ कञ्चनपुरको महेन्द्रनगरस्थित अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध...

दिगो गाईभैसी पालनसम्बन्धी एकदिने शिविर तथा पशु औषधि वितरण कार्यक्रम सम्पन्न

कञ्चनपुर, ९ जेठ खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी तथा पशु...

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?