वडा अध्यक्षको पहलमा जोडियो भारत संग पक्की सडक

कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीमा वडा अध्यक्षको पहलमा सडक कालो पत्रे गरिए पछी आवत जावतमा सहज भएको छ ।


भारत संग सिमा जोडिएको कञ्चनपुरको गड्डाचौकीमा वडा अध्यक्ष प्रकाश थापाको पहलमा सडक कालो पत्रे गरिए पछी आवत जावतमा सहज भएको हो । नेपाल भारत सिमाको सात नम्वर पिलरमा भारत तर्फ वितमा नै सडक कालो पत्रे गरिएको भए पनी नेपाल तर्फ भने भारतीय पक्षले सडक कालो पत्रे गर्न दिएको थिएन । अहिले सुदुरपश्चिम प्रदेश सरकारले भीमदत्त नगरपालिका वडा नम्वर ११ को लागी सडक निर्माण गर्न छुट्टयाईएको बजेट बाट वडा अध्यक्ष प्रकाश थापाको पहलमा भारतिय पक्ष संग सहकार्य गरेर सडक कालो पत्रे गरे पछी स्थानीयलाई आवत जावतमा सहज भएको छ । यसै गरि भीमदत्त नगगरपालिका वडा नम्वर १० र ११ संगै जोडिएको यस नाका बाट भारत आवत जावत गर्दा कच्ची सडकका कारण असहज हुने गरेको थियो । अहिले वडा नम्वर ११ का वडा अध्यक्ष प्काश थापाको पहलमा अनतराष्ट्रीय नाका संग जोडिएको सडक कालोपत्रे हुदा गर्वको विषय भएको समेत स्गानीयहरुको भनाई रहेको छ ।


भीमदत्त नगरपालिका वडा नम्वर ११ को पहलमा सुदूरपश्चिम प्रदेश सरकारले सडक निर्माणका लागि दिएको बजेट बाट वडा संगै जोडिएको सिमामा सडक कालो पत्रै गरिएको वडाध्यक्ष प्रकास थापाले वताउनु भएको छ । भारतिय पक्षले विगतमा नै आफ्नो तर्फको सडक कालोपत्रे वनाएको भए पनी हाम्रो तिरको काम वाकीरहदा सुदूरपश्चिम प्रदेश सरकारले शिवज्योती टोलको लागी दिएको बजेट बाट यो ठाउ पनी शिवज्योती टोलमा नै पर्ने हुदा जिल्लाका सिडिओ साव लगायतको पहलमा भारतिय पक्ष संग सहकार्य गरेर सडक कालोपत्रे गरिएको वडाध्यक्ष प्रकास थापाले वताउनु भएको छ ।


यसै गरि भारतिय पक्ष संग सहकार्य गर्दा समेत पटक पटक अवरोध भए पनी अहिले प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय लगायतको पहलमा सडक कालोपत्रे गरिएको वताउदै दिउसोको समयमा काम गर्दा बाधा आउन सक्ने भन्दै भारतीय पक्षकै सल्लाह अनुसार राती राती काम गरेर सडक निर्माण सम्पन्न गरेको समेत वडाअध्यक्ष्य थापाले वताउनु भएको छ ।
पूर्वाधार विकास कार्यालय कञ्चनपुर मार्फत चालु आर्थिक बर्षमा खगेन्द्र एण्ड सिह बिल्डर प्रालिले २३ लाखमा उक्त ३ सय मिटर सडक कालोपत्रेको ठेक्का पाएको थियो । सडक कालोपत्रे भए संगै नेपाल भारत दुवै देशका यात्रुहरुलाई सहज भएको छ ।

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?