सुदूरपश्चिमको मौलिक तथा लोपोन्मुख कला संस्कृति संरक्षणका लागी अगुवाहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना

कञ्चनपुर – सुदूरपश्चिमको मौलिक तथा लोपोन्मुख कला संस्कृति संरक्षणका लागी अगुवाहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।


सुदूरपश्चिमको मौलिक तथा लोपोन्मुख कला संस्कृति संरक्षणका लागी अगुवाहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । शनिबार असहाय महिला उत्थान तथा संस्कृति जगेर्ना केन्द्र कञ्चनपुरको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा सहभागिहरुले लोप हुदै गएको कला संस्कृति संरक्षणका लागी भाषण भन्दा पनी व्यवहारमा परिवर्तन गर्नु पर्नेमा जोड दिएका छन । दिन भरि मौलिक तथा लोपोन्मुख कला संस्कृति संरक्षणका लागी कुरा गर्ने र घर गएर आफै लागु नगर्ने हो भने उपलव्धी हुन नसक्ने भन्दै पहिले हामी आफैले लोपोन्मुख कला संस्कृति संरक्षणमा लाग्नु पर्ने वताउनु भयो ।
यसै गरि लामो समय देखि सुदुपश्चिमको कला संस्कृति संरक्षणका लागी योगदान पुर्याउदै आउनु भएका साधारण मावि कञ्चनपुरका साहायक प्रधानाध्यापक सरस्वती भाट धामीले यो एक छिनको लागी कार्यक्रम गरेर मात्रै नपुग्ने भएकाले यस्ता कुराहरुलाई हाम्रो जिवन पद्धती संग जोडेर अघि बढ्नु पर्ने वताउनु भयो । साथै उहाले कला संस्कृति संरक्षणमा लागेका हरुले नया र पुरानो पिढि विचको पुलको काम गरेर लोपोन्मुख कला संस्कृति संरक्षणका लागी लाग्नु पर्ने समेत वताउनु भयो ।
सुदूरपश्चिमका नौ वटै जिल्लाका परम्परागत मौलिक संस्कृतिको संरक्षण गर्न तथा प्रचार प्रसार गर्न उक्त कार्यक्रमको आयोजना गरिएको अशाहाय महिला उत्थान संस्कृति जगेर्ना केन्द्र कञ्चनपुरका अध्यक्ष मञ्जु गिरीले वताउनु भएको छ । परम्परागत मौलिक संस्कृति लोप भइरहेको अवस्थामा तथा विभिन्न विदेशी फेसन आउन थालेको र नयाँ पिँढीले सुदूरपश्चिमको मौलिक र परम्परागत बिर्सदै गएको हुदा यस्ता कार्यक्रमहरु बाट प्रचार प्रसार गर्दै लोपोन्मुख कला संस्कृति संरक्षणका लागी कार्यक्रम आयोजना गरिएको समेत उहाले बताउनु भयो ।
कार्यक्रममा साहित्यकार कविराज भट्ट र जगदिश ओझाले सुदूरपश्चिमको कला संस्कृति सम्वन्धि कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमका सहभागिहरुले सुदूरपश्चिमको परम्परागत मौलिक संस्कृतिको संरक्षण गर्न सबैले आआफ्नो तर्फबाट लाग्नुपर्नेमा जोड दिएका थिए ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?