लागु औषध न्युनीकरणका लागि जिल्ला स्तरिय अभिमुखिकरण तथा न्युनीकरणका लागि प्रतिबद्धता कार्यक्रम सम्पन्न

कञ्चनपुर- लागु औषध न्युनीकरणका लागि जिल्ला स्तरिय अभिमुखिकरण तथा न्युनीकरणका लागि प्रतिबद्धता कार्यक्रम कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको छ ।
स्वीट नेपालको आयोजनामा लागु औषध न्युनीकरणका लागि जिल्ला स्तरिय अभिमुखिकरण तथा न्युनीकरणका लागि प्रतिबद्धता कार्यक्रम कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको हो । बुधवार स्वीट नेपाल को आयोजना तथा जिल्ला समन्वय समिती कञ्चनपुरका प्रमुख दुर्गा दत्त वोहराको प्रमुख आतिथ्यतामा लागु औषधको ओसारपसार, व्यापार र प्रयोग नियन्त्रण गरी सभ्य, शान्त र लागु औषध सेवन रहितको समाज निर्माण गरौ भन्ने मूल नाराका साथ लागु औषध न्युनीकरणका लागि जिल्ला स्तरिय अभिमुखिकरण तथा न्युनीकरणका लागि प्रतिबद्धता कार्यक्रम कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा वोल्दै जिल्ला समन्वय समिती कञ्चनपुरका प्रमुख दुर्गा दत्त वोहराले लागुऔषधको बढ्दो प्रयोगका कारण देश आक्रान्त बनिसकेको वताउनु भयो । हिजोका दिनमा युरोप अमेरिका जस्ता ठुला राष्टहरुमा मात्रै समस्या भए पनी आज नेपाल पनी यसको चपेटामा परेको हुदा सबै मिलेर लागु औषध न्यूनिकरणमा लाग्नु पर्ने वताउनु भयो ।

यसै गरि जिल्ला प्रहरि कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक उमेश जोशिले दिनानुदिन लागु औषध प्रयोग कर्ताको संख्या बढ्दै गएको वताउनु भयो । साथै उहाले खुला सिमाना र साथी भाईको संगतका कारण लागु औषध प्रयोग कर्ताको संख्या बढ्दै गएको वताउदै सरोकार वाला सबैले यसको रोकथाममा साथ दिनु पर्ने समेत उहाले वताउनु भयो ।
कार्यक्रमका बारे प्रकाश पार्दै कार्यक्रमका सभापति तथा स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाले कञ्चनपुरमा लागु औषधको भयावह स्थीति रहेको हुदा सामाजिक विकास मनत्रालय संगको सहकार्यमा लागु औषध न्युनीकरणका लागि प्रतिबद्धता गर्न सरोकार वाला र विज्ञ हरु संग एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरिएको वताउनु भयो । साथै उहाले आगामी दिनमा दोधारा चादनी नगरपालिका तथा वेलौरी नगरपालिकामा समेत कार्यक्रम आयोजना गरिने वताउनु भयो ।
कार्यक्रममा विभिन्न्न स्थानीय तहका जनप्रतिनीधी राजनीतिकदलका प्रतिनीधि, युवा , विद्यार्थी, विभिन्न् संघ सस्थाका प्रतिनीधि लगायतका सरेकारवालाहरको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित सबैले लागु औषध न्युनीकरणका लागि हातेमाले गर्ने प्रतिवद्धता जाहेर गरेका छन ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?