कञ्चनपुरमा रहेको मानव अधिकारका लागी एकल महिला समुहले १४ औ अन्तराष्टिय एकल महिला दिवस को उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष जानकी जोशीको सभाध्यक्षमा र प्रदेश सांसद माननिय मधु भारतीको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमलाइ सम्बोधन गर्दै प्रदेश सांसद माननिय भारतीले एकल महिलाहरुको क्षेत्रमा यो संस्थाले अतुलनिय कार्य गरेको र एकल महिलाहरुको हक अधिकारका लागी अहम भुमिका खेलेको बताउनु भयो । यो समयमा हामी महिलाहरुलाई समुदायमा काम गर्न विभिन्न चुनौती रहेको बताउँदै एकल महिलाहरुलाइै अझै बढी समस्या चुनौती रहेको अवस्थामा पनि मानव अधिकारका लागी एकल महिला समुहले कञ्चनपुरमा एकल महिलाहरुलाई विभिन्न सिप मुलक तालिम दिएर आर्थिक रुपमा पनि सक्षम बनाउने भुमिका रहेको बताउनु भयो ।