स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धि ऐन २०६६ को प्रचार प्रशारका लागी एक दिने अन्तरकृया कार्यक्रम आयोजना

कञ्चनपुर – स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धि ऐन २०६६ को प्रचार प्रशारका लागी एक दिने अन्तरकृया कार्यक्रम कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको छ ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धि ऐन २०६६ (पहिलो संसोधन २०७९) को प्रचार प्रशारका लागी एक दिने अन्तरकृया कार्यक्रम कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको हो । शनिवार नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालय काठमाण्डौको आयोजनामा उक्त एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरिएको हो । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरु प्रति दिनानुदिन बढ्दै गएको असुरक्षालाई मध्यनजर गर्दै निर्माण भएको कानून वारे जनचेतना फैलाउने र स्वास्थ्य कर्मीहरुले सुरक्षित र ढुक्क भएर सेवा प्रवाह गर्न कानूनको पालना कसरी गर्न सकिन्छ भन्ने बारे सुझाव संकलन सेमत गर्ने उद्देश्यले कायृक्रम आयोजना गरिएको हो । कार्यक्रममका सहभागि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले सरकारले निर्माण गरेका कानून तथा एन सम्वन्धि सबै जानकार हुनु आवश्यक रहेको वताउनु भयो । साथै उहाले सबे पेशाकर्मीको जिउधनको सुिरक्षा हुन पर्ने भन्दै कानुनको पालना गर्ने वेला कानून बारे जानकारी छैन भनेर कसैलाई छुट नहुने वताउनु भयो ।
यसै गरि कञ्चनपुरका प्रहरी प्रमुख चक्र प्रसाद जोशीले सबैले आआफ्नो जिम्मेवारी ईमान्दारी पुर्वक  पुरा गरे कानूनको पालना गर्न सहज हुने वताउनु भयो । साथै उहाले स्वास्थ्य क्षेत्रलाई व्यापारीकरण भन्दा पनी सेवा मुलक वनाउनु पर्ने र आफुले सक्ने काम मात्रै गर्ने र आचरण र व्यवहार राम्रो गर्न सक्यो भने कुनै समसया नआउने विश्वास समेत व्यक्त गर्नु भयो ।
कार्यक्रम वारे प्रकाश पार्दै कार्यक्रमको सभापति तथा नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. अनिल विक्रम कार्कीले समय समयमा चिकित्सकहरु माथि हुने हमला तथा अभद्र व्यवहारको न्यूनकरणका लागी लागु भएको कानून अझै पनी कार्यान्वयन हुन नसकेको हुदा यस वारे जानकारी दिने उद्देश्यले आजको अन्तरकृया कार्यक्रम आयोजना गरिएको वताउनु भयो ।
कार्यक्रममा नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा. प्रशान्त भट्टले स्वागत मन्तव्य राख्नु भएको थियो भने विभिन्न राजनीतिक दलका प्रतिनीधि, समाजसेवी, स्वास्थ्यकर्मी, वुद्धीजिवी लगायतको उपपस्थितीमा कार्यक्म सम्पन्न भएको थियो । कार्यक्रम नेपाल चिकित्सक संघ केन्द्रीय महासचीव संजिव तिवारीले सञ्चालन गर्नु भएको थियो ।

ताजा खबर

महिला सशक्तीकरण केन्द्रमार्फत समुदायका समस्या समाधानका लागि सरोकारवालासँग पैरवी बैठक

कञ्चनपुर, १४ भदौ । समुदायमा रहेका समस्या पहिचान तथा समाधानका...

बाढी प्रभावितका लागि उदयदेव बहुउद्देश्यीय सहकारीद्वारा २ लाख ११ हजार सहयोग

महेन्द्रनगर । रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा आएको...

जन्मदिनको अवसरमा कलौनी दाजुभाईको बाढी पिडितलाई आर्थिक सहयोग

कञ्चनपुर -बाढीपीडितका लागि ३६ हजार ५ सय ५५ कञ्चनपुर...

भोटेकोशी बाढीपीडितका लागि चिया कफी दरबारको रु. ५१ हजार सहयोग

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत...

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

कञ्चनपुर १२ भाद्र कञ्चनपुर उद्योग वाणिज्य संघले व्यवसायीको हित तथा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?