
कञ्चनपुर – कञ्चनपुर प्रहरीले ७ लाख ५८ हजार ८ सय मूल्य वरावरको भन्सार छलीको सामान वरामद गरि भन्सार कार्यालय पठाएको छ । ईलाका प्हरी कार्यालय दोधाराबाट खटिएको प्रहरी टोलीले ५ लाख ६८ हजार ८ सय रुपैया वरावरको र अस्थायी प्रहरी पोष्ट गजरौलाले अन्दाजी मूल्य १ लाख ९० हजार रुपैया वरावरको गरि कूल ७ लाख ५८ हजार ८ सय मूल्य वरावरको भन्सार छलीको सामान वरामद गरि भन्सार बुझाएको हो । बरामद गरिएको समानहरुमा बिभिन्न कम्पनीका बेल्टहरु, पञ्जा, मोटरसाईकल थान १ , सुर्ति विडि लगायतका किरानाका समानहरु रहेका छन ।

