श्री सिद्धनाथ बैजनाथ धार्मिक तपस्थली क्षेत्र विकास समिति महाकाली शारदापीठ भम्केनी धामको १३ औं वार्षिक साधारण सभा सम्पन्न

क्ञ्चनपुर – सुदुरपश्चिम प्रदेशका पुर्व आर्थिक मामिला मन्त्री प्रकाश रावलले भम्केनी धामको विकासमा हामी सबै चुकेका कारण सोचे जस्तो विकास हुन नसकेको वताउनु भएको छ ।


सुदुरपश्चिम प्रदेशका पुर्व आर्थिक मामिला मन्त्री माननीय प्रकाश रावलले कञ्चनपुरको भम्केनी धाम क्षेत्रको विकासमा हामी सबै कहि न कही चुकेका कारण सोचे जस्तो विकास हुन नसकेको र नेपाल आमाको मुर्ति निर्माणमा समेत ढिलाई हुन गएको वताउनु भएको छ । शनिवार श्री सिद्धनाथ बैजनाथ धार्मिक तपस्थली क्षेत्र विकास समिति महाकाली शारदापीठ भम्केनी धामको १३ औं वार्षिक साधारण सभालाई सम्वोधन गर्दै माननीय प्रकाश रावलले विगतमा आफु सुदुरपश्चिम प्रदेशको आर्थिक मामिला मनत्री हुदा यस भम्केनी धामको विकासका लागी विनियोजन गरेको दुई करोड पचास लाख रुपैया फ्रीज गएको प्रशङ्गमा कुरा गर्दै हामी सबै चुकेका कारण यस धामको विकास हुन नसकेको वताउनु भएको हो । साथै उहाले यो क्षेत्र धामीृक पर्यटनको हिसावले नेपालकै प्रमुख क्षेत्र भएकाले यसको विकास गर्न सके हाम्रा भावि सन्ततीहरुले यसै क्षेत्रमा रोजगारी पाउने समेत उल्ले्ख गर्नु भयो ।
कार्यक्रममा नेपाल आमाको मुर्ति निर्माण समितीका अध्यक्ष जनक राज जोशीले मुर्ति निर्माणको वर्तमान अवस्थाको वारेमा जानकारी गराउनु भएको थियो । कोरोना काल देखि लिएर विविध कारणले हाल सम्म पनी मुर्ति निर्माण ले पुर्णता पाउन नसकेको वताउदै अध्यक्ष जोशीले अहिले सम्म पनी कमल आसनले मात्रै पुर्णता पाएको वताउनु भयो ।
कार्यक्रममा बोल्दै स्थानीय युवा पदम बोहराले भम्केनी धामको विकास सबै लागेर अघि बढ्नु पर्ने बताउनु भएको छ । साथै उहाले दुई करोड पचास लाख रुपैया कुनै चानचुने वजेट नभएकाले उक्त बजेट फ्रीज जानु दुखद भएको वताउदै आगामी दिनमा यस्ता कार्य हुन नदिन सबै सचेत हुनु पर्नेमा जोड दिनु भएको छ । यस्ता धार्मीक पर्यटकीय क्षेत्रको विकासका लागी युवाहरुलाई समेत जोड्नु पर्नेमा उहाले जोड दिनु भयो ।
सिद्धनाथ बैजनाथ धार्मिक तपस्थली क्षेत्र विकास समिति महाकाली शारदापीठ भम्केनी धामका अध्यक्ष शिवराज जोशीको अध्यक्षतामा आयोजित १३ औं वार्षिक साधारण सभामा सुदुरपश्चिम प्रदेशका माननीय विक्रम सिह धामी, जिल्ला समन्वय समिती कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा लगायतका विशिष्ट व्यक्तीत्वहरुको उपस्थिती रहेको थियो ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?