यहि जेठ १५ देखि तनाव व्यवस्थापन तथा बृहत् योग शिविर आयोजना हुने

कञ्चनपुर – महेन्द्रनगरमा यहि जेठ १५ देखि २१ गतेसम्म ७ दिने तनाव व्यवस्थापन तथा बृहत् योग शिविर आयोजना हुन लागेको छ ।


कञ्चनपुरको महेन्द्रनगरमा यहि जेठ १५ देखि २१ गतेसम्म ७ दिने तनाव व्यवस्थापन तथा बृहत योग शिविर आयोजना हुन लागेको हो । पतंजलि योगपीठ नेपाल कञ्चनपुर, पतंजलि योग समिति नेपाल कञ्चनपुर, महिला पतंजलि योग समिति नेपाल कञ्चनंपुर र युवा नेपाल समिति कञ्चनपुरको आयोजनामा हुने उक्त सात दिने तनाव व्यवस्थापन तथा बृहत योग शिविर २०८१ को सह आयोजकमा भीमदत्त नगरपालिका रहेको छ ।आईतवार महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै तनाव व्यवस्थापन तथा बृहत योग शिविर २०८१ का मूल आयोजक समिती संयोजक भावना केसिले महेन्द्रनगर स्थित खुलामञ्चमा १५ गते देखी २१ गते सम्म हरेक दिन बिहान ४ः३० देखी ७ बजेसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय योग प्रशिक्षकहरूको उपस्थितीमा शिविर सञ्चालन हुने जानकारी दिनु भयो । साथै उहाले कार्यक्रममा पतंजलि योगपीठ हरिद्वारको पुज्य साध्वीजी र स्वामीजीको जीवनोपयोगी प्रशिक्षण रहने तथा युबा नेपाल समितिका मुख्य केन्द्रीय प्रभारी पुज्य साध्वी डा. देव विजयाजी, महिला पतंजलि योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी पुज्य साध्वी देवादितीजी तथा कर्णाली प्रदेश सेवा प्रभारी पूज्य स्वामी कर्णदेवजी महाराजले शिविरमा प्रशिक्षण दिने कार्यक्रम रहेको समेत जानकारी दिनु भयो ।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री मा दीर्घबहादुर सोडारीबाट समुद्घाटन हुने उक्त निःशुल्क सञ्चालन हुने योग शिविरबाट २५ हजार व्यक्तिले लाभ लिने तथा शिबिर व्यवस्थापनमा करीव ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

 

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?