ताप्लेजुङमा पर्यटन प्रवर्द्धन गर्न महोत्सव

ताप्लेजुङ, जेठ ८ गते। कञ्चनजङ्घाको जिल्ला भनेर चिनिँदै आएको ताप्लेजुङको पर्यटन प्रवर्द्धन तथा विकास गर्न महोत्सव आयोजना गरिएको छ। जिल्लाको पर्यटन प्रवद्र्धन तथा विकास गर्ने मुख्य उद्देश्यले पाँच दिने ‘ताप्लेजुङ पर्यटन महोत्सव २०८१’ आयोजना गरिएको हो। ‘स्थानीय अर्गानिक मेला महोत्सवमा प्रोत्साहन, ताप्लेजुङको पर्यटकीय स्थलको प्रचारप्रसार तथा अवलोकन’ भन्ने नारासहित गत बिहीबारदेखि सोमबारसम्म सदरमुकाम फुङ्लिङमा पर्यटन महोत्सव आयोजना गरिएको छ। यहाँको घरेलु उत्पादन, मौलिक संस्कृतिको उजागर तथा प्रदर्शनसँगै पर्यटकीय स्थलहरुको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन र विकासमा टेवा पुर्‍याउने उद्देश्यले पनि महोत्सव आयोजना गरिएको हो। विश्वको तेस्रो तथा नेपालको दोस्रो हिमाल कञ्चनजङ्घा ताप्लेजुङमा रहेको छ। यस्तै कुम्भकर्ण (फक्ताङ्लुङ) लगायत आठ हजारभन्दा माथि उचाइ भएका आधा दर्जन बढी हिमाल पनि यस जिल्लामा रहेका छन्। फुङफुङ्गे झरना, सिँजेमा ताल, तिम्बुङपोखरी, सोदुपोखरी, ढङढङ्गे झरना, मिल्केजल्जले क्षेत्र, मेरिङ्देन झरना, सिन्धोलुङ झरना, खाँगे झरना, लोदेन क्षेत्रजस्ता दर्जनौ पर्यटकीय स्थलहरु रहेका छन्। यसैगरी ओलाङचुङ्गोला, दिकी छ्योलिङ गुम्बा, माङ्गेन्ना यक, सिरिजङ्गा माङ्हिम, सिदिङ्मा, पाथीभरा (मुक्कुमलुङ) धाम, सिद्धिडाँडाजस्ता थुप्रै ऐतिहासिक तथा धार्मिक स्थलहरु यस जिल्लामा रहेका छन्। पर्यटकलाई आकर्षित र केन्द्रित गर्ने प्रसस्त पर्यटकीय तथा ऐतिहासिक साथै पवित्र धार्मिक स्थलहरु भएर पनि आवश्यक प्रचारप्रसार र प्रवद्र्धन हुन नसक्दा पर्यटन विकास हुन सकेको छैन। यही अवस्थालाई दृष्टिगत गरी पर्यटन महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ। पर्यटन महोत्सव मूल आयोजक समिति संयोजक एवम् जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लमाले जिल्लाको पर्यटन विकासमा महोत्सवले टेवा पुग्ने विश्वास लिएको बताउनुभयो। पर्यटकीय स्थलहरुको प्रचारप्रसार भएको, विभिन्न जातजातिमा आधारित मौलिक संस्कृतिको प्रदर्शन भएको साथै अर्गानिक तथा घरेलु उत्पादनको प्रदर्शनजस्ता गतिविधि भएकाले महोत्सव पर्यटन प्रवद्र्धनका लागि प्रभावकारी भएको प्रमुख लामाले दावी गर्नुभयो। यता स्थानीय उत्पादनका सामग्रीसहित औद्योगिक प्रदर्शनी, मौलिक खाद्य परिकारजस्ता व्यापारिक स्टलहरु राखिएकाले व्यापारीको व्यापार प्रवद्र्धन पनि भएको छ। घरेलु उत्पादन तथा मौलिक परिकारसहित राखिएको स्टलले पर्यटकलाई थप आकर्षित गरेको पनि आयोजकले जनाएको छ। पर्यटन प्रवद्र्धनका लागि प्रभावकारी तथा व्यापक प्रचार गर्न महोत्सवमा विभिन्न शैलीहरु अपनाइएका छन्। पराम्परागत सीप प्रदर्शन तथा खेलकुद गतिविधिका माध्यमबाट पनि पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन सकिने भएकाले महोत्सवमा त्यस्ता गतिविधिसमेत गरिएको थियो। जसअनुसार महोत्सवमा धुप बाट्ने, चोयाको डोको र पातको टपरी बुन्ने प्रतियोगिता आयोजना गरिएको छ। खेल गतिविधिअन्तर्गत डोको क्यारी रन (डोकोमा भारी बोकेर दौडने), अन्तरपालिका स्तरीय भलिबल, खुला तथा महिला हाफ म्याराथन प्रतियोगिता आयोजना गरिएको थियो। त्यस्तै महोत्सवको प्रत्येक दिन स्थानीय तथा दीपक लिम्बू, रचना रिमाल, प्रताप दासजस्ता राष्ट्रिय कलाकारको साङ्गीतिक प्रस्तुति रहेको थियो। आयोजक समितिका सदस्य सचिव देवराज गुरुङका अनुसार महोत्सवको आकर्षणका रुपमा साइकलिङ रन (साइकल दौड) पनि आयोजना गरिएको थियो। महोत्सवमा करिव दुई लाख जनाले सहभागिता जनाएको आयोजकको दावी रहेको छ।

ताजा खबर

नागोयामा गुञ्जियो गौरवपूर्ण दशैंको धुन, सयौँ नेपाली एकजुट

जापानको नागोयामा सुदूरपश्चिम नेपाली समाज तोखाई जापानले आयोजना गरेको...

जापानको नागोयामा दशैंको झल्को: जमराको महिमा

- काठमाडौ : सुदूर पूर्वी मुलुक जापानको नागोयामा...

१० दिनमै फेरी कञ्चनपुरमा हात्तीको आक्रमण : बेलौरीका उमेश चौधरीको मृत्यु

कञ्चनपुर- जंगली हात्तीको आक्र्रमणमा परेर फेरी कञ्चनपुरमा एक युवकको...

कञ्चनपुरको बेलौरी नगरपालिका स्तरमै सर्वाधिक धनराशिको खुल्ला फुटबल प्रतियोगिता गोकलपुरमा हुदै

किशोर तामाङ कञ्चनपुर,२१ असोज २०८१ कञ्चनपुरको बेलौरीमा वडा अध्यक्ष कप...

कञ्चनपुरको पुनर्वासमा भारतसँग सीमा जोडिएका वडामा सीमा सम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन

किशोर तामाङ कञ्चनपुर २० असोज २०८१ सीमा सुरक्षाको भूमिकामा रहेको सशस्त्र...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?